काठमाडौं । अब म आए साथ देउ पूर्व राजा ज्ञानेन्द्रको भनाइले देशको कानुन र संविधानको ख्याल कति गरे जबकि उनको पक्षका पूर्वपञ्चहरू आफै लथालिङ्ग छन्। जो उनलाई स्वागत गर्न एयरपोर्ट पुगे। एमालेको समर्थनमा २०७९ को निवार्चनमा नवलपरासी रुपन्देही चितवन झापा, बाँके र जुम्लामा राप्रपाका उम्मेदवारलाई नेकपा एमालेले सघायो। मकवानपुरमा कमल थापालाई एमालेको सूर्यचिन्हले पत्याएन त्यहाँ दीपक सिंहले बाजी मारेका हुन्।
वामपन्थी शक्तिमाथि धावा बोल्दै एमालेका अध्यक्ष ओलीले भित्र्याएका राप्रपा सात प्रत्यक्ष सात समानुपातिक गरी १४ सांसद संघीय संसदमा छन्। तर जनमत राप्रपाको छैन। त्यसले गणतन्त्रमा राजालाई स्पेस दिनुपर्छ भन्छ। गणतन्त्रमा राजतन्त्र हटाउँदैन भन्ने कुरा बुझेको छैन राप्रपाको हुलका अगाडि पूर्व राजाको मन्दमुस्कान नेपालको राष्ट्रिय धरातलभन्दा टाढा छ। राजकीय सम्मान भन्दा पहिला व्यापार,व्यवसायमा लागेका कारण ज्ञानेन्द्रको चासो पूर्ण राजकीय सत्ता पाउनेमा होला। तर देशको व्यवस्था राजाले चाहेर र कांग्रेस एमालेले रोजेर फेरिँदैन
गणतन्त्रको पहरेदार माओवादीले खबरदार गर्दै पूर्व राजाको सक्रियताप्रति प्रहार गरेको छ। सरकार राजनीतिक रुपमा गलेको छ। जनताको पक्षमा सरकार छैन। भ्रष्टाचार र बेथिति बढेको छ। सरकार कमिसन र बिचौलियाको फन्दामा छ। पुराना संरचना संरक्षण गर्ने पक्षमा राज्य छैन। गुठी र सार्वजनिक सम्पत्तिको संरक्षण छैन पूर्व राजाकै नाममा रहेको नेपाल ट्रस्टको जमिन प्रधानमन्त्री केपी ओलीले थाम्सेक समूहलाई बाँडेका छन्। ज्ञानेन्द्र शाहलाई जानकारी छैन ।
तर बोल्ने ठाउँ छैन। ज्ञानेन्द्रको नाममा सडक प्रदर्शन हुँदा विदेशी तत्त्वहरू चलखेल गर्दैछन् छिमेकी भारत र चीनले समेत पत्याएको छैन । राप्रपाले ज्ञानेन्द्रको साथ लिएर राजतन्त्र स्थापना गर्नु भनेको बदनाम गर्नु हो । हिन्दु धर्मको नाममा राप्रपाको पूर्व अध्यक्ष कमल थापाले ६ अर्ब रुपैँया हिनामिना गरेको समेत राप्रपा कार्यकर्ताले बताउन थालेका छन् । त्यसले गर्दा राजतन्त्र स्थापना गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाहरुले जालमा नर्पालान् भन्न सकिँदैन ।

