अमेरिकाले एक हजारभन्दा बढी नेपालीलाई निष्कासन गर्दै,१४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक

देश/विदेश समाचार

काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई निष्कासन गर्ने तयारी गरेको छ ।

यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको हो । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३ सय ६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्ने उल्लेख गरिएको छ।

होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना रहेका छन् ,भने चीनका ३७ हजार ९सय ८ र भारतका १७ हजार ९ सय ४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।

ट्रम्पले शपथ ग्रहण लगत्तै अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीलाई निष्कासन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अभियान सुरु गरेका छन् ।अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *