राजतन्त्र र राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती राजनीतिक व्यवस्थालाई हटाएर नेपालको राजकिय सत्ता चलाए बसेका दलहरुले नेपालमा भरमार विकास गरेको दाबी गर्दछन । यस्तो दाबी गर्ने प्रमुख दलहरुमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्दछन । अन्य साना दलहरु पनि छन तर उहाँहरुको प्रभाव नेपालको राजनीतिमा सीमित छन ।
सत्ताको भागबण्डा हुँदा यसो एक दुई मन्त्री पद र दामासहीले पाउने केही राजनीतिक नियुक्तीका पदहरु मात्रै साना दलहरुले फाटफुट पाउने गरेका छन् । त्यसकारण नेपालको पूर्वाधार विकासमा सानादलहरुको योगदान भनेको केबल भ्रष्टाचार बढाउनुमा मात्रै सीमित रहेकाछन । नेपालको राजकिय सत्तालाई मिलीजुली भाग लगाएर पालैपालो शासन सत्ता चलाउनेहरुमा नेपाली काँग्रेसका शीर्ष नेता शेर बहादुर देउवा, नेकपा एमालेका शीर्ष नेता केपी ओली र नेकापा माओवादीका शीर्ष नेता प्रचण्ड मात्रै हुन् ।
दलहरुको शासन नेपालमा चलेको ३६ बर्ष पार भईसकेको छ तर पनि नेपालमा उहाँहरुले नेपाली जनताको मन जित्ने गरी एउटा विकास परियोजना पनि सफलता पूर्व सम्पन्न गरेको उदहरण बनाएर देखाउन सकेको छैन । उल्लेखित तीन प्रमुख दलहरु र तिनका शीर्ष नेताहरुको सार्वजनिक शिद्धान्त र नीतिहरु कागजी रुपमा फरक फरक देखिएता पनि सबैको आर्थिक नीति एउटै छन ।
उहाँहरुको तीनै दलले नेपालमा अमेरिकी नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्र नीतिलाई लागु गरेकाछन । तर नेपालमा त्यस्तो उन्नत अर्थतन्त्र सफल बनाउनको लागि चाहिने स्वतन्त्र बजार र कानुनी राजको विकासमा भने ठोश धान दिएका छैनन् । नामले कम्युनिष्ट भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र कामले घोर दक्षिणपंथी पुँजीवादी नै हुन । नेपाली काँग्रेसले सुरुमा नेपालमा लागु गरेको नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रलाई नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले झिनामसिना आफ्ना आर्थिक कार्यक्रमहरुलाई पनि त्यसभित्र छिराएर सत्तामा टिकी बसेकाछन ।
नेपालको भौतिक अवस्था अनुसार अमेरिकी नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्र भन्दा कैयौं गुणाले राम्रो पञ्चायतकालको अनुदारबादी तर समाजिक विकासमूखि र समाज केन्द्रित अर्थतन्त्र नै थियो । त्यो बेला नै नेपालमा उद्योग विकासको आधार तयार पारिएको थियो । नेपाली जनताको आन, मान र सम्मानलाई बढाएर नेपाल राष्ट्रलाई आत्मनिर्भर बनाउने धेरै सरकारी उद्योगहरु त्यहि अवधिमा नै नेपालमा स्थापना भएका थिए । कतीपय सरकारी उद्योगहरुबाट उत्पादन भएका वस्तुहरु बिदेशमा समेत निर्यात भई नेपालीको आत्मसम्मानलाई उचा बनाउने काम गरिएको थियो ।
तर आज आएर दलका शीर्ष नेताहरु सित एउटापनि सरकारी उद्योगमा लगानी गरी पुनरसञ्चालनमा ल्याउन सक्ने हुती सम्म पनि कायम छैन । वास्तवमा नै दलका शीर्ष नेताहरु हुतीहारा र सामान्य कामको लागि पनि बिदेशीको मुख ताकेर बस्ने मात्रै छन । दलका शीर्ष नेताहरु भन्दा पुरुषार्थी त महावीर पुन नै छन जसले पुस्तक बेचेर, चन्दा, परस्कार र दान लिएर भए पनि बिरगञ्जको सरकारी कृषि औजार कारखानालाई पुनसञ्चालनमा ल्याएका छन । तर महावीर पुनलाई नेपाल सरकारले गर्छौ भनेको लगानी सम्म पनि अहिले सम्म उपलव्ध गराएको छैन । दलका यस्ता शीर्ष नेताहरुले नेपालमा नै नेपाली युवाहरुलाई रोजगारी दिन सकेनन् ।
बदलामा आर्थिक हिसाबले सक्रिय उमेरका नेपालीहरु सबैलाई वैदेशिक रोजगारीमा नेपाल राष्ट्र नै सुन्य हुने गरी पठाएकाछन । यो कुनै बेरोजगारीको समाधान थिएन भन्ने सत्य कुरा अहिले प्रकाशित हुँदै गएको छ । नेपालको समाजिक संरचनामा यस्तो सरकारी नीतिले घोर फरक पारीसकेको छ । नेपालको परिवारिक र समाजिक विकासलाई यसले तहसनहस बनाएकोछ । परिणाम सबै नेपाली जनताको सामु प्रत्येक्ष नै भएकाले त्यसलाई बखान गरी राख्नु जरुरी छैन ।
दलहरुको बेढंगी नीतिहरु र विकासले गर्दा नेपालको गाउँघर पहिले नै सुनसान बनीसकेको छ भने अब नेपालको सहरहरु पनि सुन्य हुने क्रममा छन । दलहरुले बिना योजना मनपरी ढंगले मुलुकै भरी खोलेका स्कूलहरु, कलेजहरु र विश्वविद्यालयहरुमा पठनपाठन गर्ने बिद्यार्थीहरुको चरम अभाव देखिन थालेको छ । दलका नेताहरुले अनेक विश्वविद्यालयहरु, मेडिकल कलेजहरु, इन्जिनियरिङ्ग कलेजहरु, र अन्य बिषयहरुको पठनपाठन हुने कलेजहरु खोल्नुलाई नेपालको विकास मानेका छन तर त्यसमा पढ्ने विद्यार्थीहरुको अभाव हुन थाले पछि दलका नेताहरु नै त्रसित भएकाछन ।
नेपालको विकास गर्ने भनेको नेपाली जनताको सुःख समृद्धिको लागि नै हो तर सबै नेपाली जनताले मुलुक छाडेर जान थाले पछि दलहरुले बनाएको वेढंगी विकास परियोजनाहरु र त्यसमा गरेको लगानी समेत खेर जाने र काम नलाग्ने अवस्था नेपालमा उत्पन्न भएकोछ । नेपालको गाउँघरमा विकास वा अवसरको पहुँच नपुगेको हुँदा त्यहाँ बसोबास गर्ने नेपाली जनता बिस्तारै नगर हुँदै बिदेश पलायन भएका छन् । यसरी गाउँको साथै नेपालको नगरहरु पनि सुनसान बन्दै जाने क्रम जारी छन् । अमेरिकाको विकास नेपालको भन्दा धेरै गुणाले अगाडि छ । त्यहाँ भएको विकास नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रको प्रभावले मात्र होइन । यस्तो अर्थनीति अमेरिकाले अपनाएको ४० बर्ष मात्रै पुरा भएकोछ । अहिले अमेरिकामा फेरि अमेरिकालाई महान बनाउने सोचले नेतृत्व गरीरहेकोछ । यो भनेको नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रलाई त्यागेर अनुदारवादी अर्थतन्त्र तिरको यात्रा सुरु गर्ने नै हो । नेपालको सन्दर्भमा पनि सोही कुरा लागु हुन्छ ।
नेपालले अमेरिकाको सिको गरी ग्रहन गरेको नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रले नेपाललाई होइन बिदेशीलाई बढी फाईदा पुगेको छ । नेपालको राजनीति र विकासमा लगातार भईरहेको बिदेशीको हस्तक्षेप पनि त्यसैको प्रभावले हो । नेपाल बिदेशी मुलुकहरु जस्तो बिकसित मुलुक होइन । नेपाल कमजोर अर्थतन्त्र भएको एक विकासशील मुलुक हो । त्यसैले नेपालले अपनाएको स्वतन्त्र बजार अर्थतन्त्रबाट बिकसित मुलुकहरुले सजिलै र सहजै फाईदा उठान सक्छन भने नेपालले त्यसो गर्न सक्दैन ।
त्यसकारण नेपालले आफु बिकसित मुलुक नबनेसम्म पञ्चायतकालको अनुदारवादी अर्थतन्त्र तिर नै फर्किनु पर्छ । नेपालले नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रबाट फाईदा उठाउन सक्ने संभावना विलकुलै नभएको वर्तमान वैश्चिक अवस्थामा संसारका बिकसित मुलुकहरुको लागि नेपालले आफ्नो बजार खुला राख्नुको कुनै तुक छैन । यो सरासर एकतर्फी भईरहेको हुँदा नेपालको अर्थतन्त्रलाई सन्तुलित बनाई राख्नको निमिक्त अमेरिकाले झै अनुदारवादी अर्थतन्त्र तिरको लगाव बढाउनु पर्ने नै हुन्छ । नेपालको विकास संसारको बिकसित राष्ट्रहरुको बराबरी छैन त्यसैले बलियो राष्ट्रले निर्धा राष्ट्रलाई हेप्ने र फाईदा लिने कुरा स्वभाविक नै हो ।
साथीलाई चोरीको आरोप लगाउनु भन्दा पहिले आफ्नो पैसाको थैलीको मुख बलियो सित बाँध्नु पर्छ भन्ने लोकउक्ती त्यसै चलेको होइन । नेपालमा बिकसित राष्ट्रहरुले हस्तक्षेप गर्यो भन्नु भन्दा पनि पहिले आफु माथि त्यस्तो हस्तक्षेप निम्त्याउने अर्थतन्त्रलाई नै बदल्नु पर्छ । नेपालको अर्थतन्त्रमा अहिले ठुलो समस्या उत्पन्न भईसकेको छ । मिटरव्याजी, सहकारी , वित्त कंपनी, लघुवित्त बैंक, निजी बैंक आदि ईत्यादिको ठगी धन्दा नेपालमा नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रबाटै उत्पन्न भएकोहो । नेपालमा चर्किदै गएको आर्थिक संकट पनि त्यसैको परिणाम हो । बिदेशीहरुको लगातारको हस्क्षेपले गर्दा नेपालको विकास असन्तुलित भएको छ ।
विकास र अवसरले उपेक्षित नेपालको गाउँघर र त्यहाँ बसोबास गर्ने नेपाली जनता र सहरमा बसोबास गर्ने नेपाली जनताको बिच ठुलो आर्थिक असमनताको खाल्डो निर्माण भएकोछ । पहिले देखि नै नेपालको सन्तुलित विकास गर्ने प्रयास भएको भए आज यस्तो विकासबाट उत्पन्न भएको असमनताको अवस्थामा पुग्नबाट नेपाल राष्ट्र जोगिने थियो । माओवादीहरुले उठाएको मुद्दाहरु मद्धे प्रमुख मुद्दा उपेक्षित क्षेत्र र उपेक्षित नेपाली जनताको पनि हो । तर सत्तामा पुगेपछि माओवादीले पनि यो असमनतालाई हटाउनको लागि सन्तुलित विकास गर्नको लागि ठोश जोड लगाउन सकेनन् ।
फलस्वरूप झनझन विकासको उपक्षेबाट बढेर गएको असमनता नेपालभरी झन झन चर्को बन्दै गयो । त्यसैमा बिदेशीले बिदेशी बैंकहरु, बिदेशी गैरसरकारी संस्थाहरु र बिदेशी सहयोग नियोगहरु मार्फत नुनचुक छर्ने काम गरी नै रहेकाछन । आफ्ना सन्तानलाई अमेरिकामा बसोबास गर्न पठाएर नेपालमा राजगर्नेहरुले नेपालको हितलाई नहेरी बिदेशीको हित मात्रै गर्ने गरी नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्र नेपालमा लागु गर्नको लागि न्वारान देखिको बल निकालेर जोड लगाएकाछन । तर आज आएर त्यसको परिणाम उल्टोपाल्टो निस्किएको छ । नेपालमा आर्थिक असमनता उत्पन्न भएकोछ भने नेपाली नेपालीका बिच मनमुटाव र संघर्ष मच्चिएर गएको देखिन्छ । विकास, अवसर र सुरक्षा नभएको ठाउँहरु त्याग्दै नेपालीहरु नगर र सहर तिर पसेकाछन भने पहिले नै नगर सहर पसेका नेपालीहरु त्यहाँबाट पनि बिदेश पलायन भएकाछन ।
दलहरुले आफ्नो गल्ती नदेख्ने र सच्याउँदै नजाने भएकाले झनझन नेपालको श्रोत साधनहरु बिदेशीको हातमा पर्दै गएको छ भने नेपाली जनता आफ्नै जन्मभूमि नेपालबाट बन साङ्लीले घरसाङ्लीलाई खेदेको झै खेदिने क्रम जारी छन । अब नेपालको आर्थिक संकट टार्नको लागि असन्तुलित विकासबाट उत्पन्न भएको असमनतालाई हटाउनु पर्ने भएकाले सन्तुलित अनुदारवादी अर्थतन्त्र तिर वापस जानु पर्छ । दलहरु आफै सच्चिने मात्र होइन आफ्ना गलत नीतिहरुलाई पनि सच्याएर लानुपर्छ । सारंसमा भन्नु पर्दा दलहरुले नेपालमा लागु गरेको नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्र भनेको ‘आफु छ छारोमा खुट्टा छ भारमा’ जस्तो मात्रै भएकाले त्यसलाई सच्याउनु जरुरी छ ।