शहीद दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

देश/विदेश समाचार

काठमाडौं । शहीद दिवसको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार शहीद सप्ताहको आज अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका उच्चपदस्थका मन्त्री र कर्मचारीहरु सहभागी भई शहीद गेटमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण व्यक्त गरि माल्यार्पण गरिने जानकारी दिएका छन् ।

२०६३ साल अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीद गेटमा पनि विभिन्न संघ-संस्थाले मात्र कार्यक्रम गरी दिवस मनाउने गरेका थिए ।

तर यस वर्ष प्रधानमन्त्री ओली आफैँ शहीद गेट लैनचौर स्थित शहीद स्मारकमा पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *