टोखा वडा पाँच भ्रष्टाचारको अखाडा बन्दै

राजनीति समाचार

काठमाडौं । सरकार कांग्रेस र एमालेको समूहको छ । दुई पार्टीको सरकारले स्थानीय तहमा जति लुटे पनि कारबाही हुन्न किनकि अख्तियार सरकारकै छ, प्रहरी पनि उनिहरुकै संरक्षणमा छन्। तर टोखा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय जहाँ छ, त्यसको सम्पत्तिको हकदार टोलबासीले निर्माण गरेको श्री समाज सामुदायिक भवन र त्यसले चर्चेको जमिनको संरक्षक श्री समाजको नेतृत्वले १० वर्षसम्म साधारण सभा नगरी मोजमस्ती गरेका कांग्रेस टोखा ५ का अध्यक्ष अहिले बेपत्ता छन् ।

नयाँ कार्यसमितिलाई माइनुट मात्र होइन, संस्थाको आम्दानी र खर्च विवरण समेत नदेखाई समाजका तत्कालीन अध्यक्ष पण्डितलाई जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएपछि अध्यक्ष कृष्ण प्याकुरेललाई माइनट बुझाएका छन् । संस्था नवीकरण गरेर नयाँ समितिले बैंक खाताको सञ्चालन ग¥यो । तर पण्डितको टोलीले चेक बुक हस्तान्तरण गरेन । श्री समाजको सम्पत्तिमा मस्ती गर्दा सटर भाडाको वास्तविकतासमेत लुकाएका पण्डित समूहकै प्रेम राई त्यो बेला सचिव थिए । उनले सटर कब्जा गरे, रेस्टुरा चलाए । तर भाडा बुझाएनन् । एमालेको तर्फबाट टोखा नगर परिषद् सदस्य भएका राई पार्टीको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका विश्वास प्राप्त व्यक्ति हुन् ।

सोही वडामा सार्वजनिक जग्गा टोखा नगरपालिकाले नियन्त्रण गर्दा इसान अस्पताल अगाडि बालुवा गिटीको व्यापार भने भइरहेको छ । सो वडाका अध्यक्ष मदन गुरुङको कृपामा सार्वजनिक जमिनमा व्यापार गर्नेले गरेकै छन् । सामाजिक संस्था कब्जा गर्न, सार्वजनिक सम्पत्ति हजम गर्ने राजनितिक दलहरु सफल भएका छन् । भन्ने कुरा टोखा ५ को श्री समाजको १० वर्षसम्मको लुटले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *