काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाका चार सय ८० घरधुरी तीन महिनादेखि विद्युतविहीन भएका छन् ।
यस वडामा रहेको अदालीखोला लघुजलविद्युत आयोजनाको जेनेरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीयले बताएका छन् ।
गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ । तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको छ ।