काठमाडौं । धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद तथा बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा ब्रोकरहरूको सदस्यता नवीकरण भएको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि सदस्यता नवीकरण गरिएकोले नेप्सेले जानकारी दिएको छ। नेप्सेको अनुसार २०८१ असोज मसान्तसम्म सदस्यता प्राप्त गरेका ९० वटा ब्रोकर कम्पनी र दुई वटा स्टक डिलरको सदस्यता नवीकरण भएको नेप्सेले जानकारी दिएको छ ।