खाद्यान्नसँगै अल्कोहलको अनुगमन पनि शून्य

समाचार

काठमाडौं । नेपाल सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ र अल्कोहलको विज्ञापन गर्न पाइँदैन भनेको छ । अर्थ मन्त्रालयले बजेट भाषण गर्दा अल्कोहल र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन भनेपनि स्वदेशीदेखि विदेशी लगानीमा खोलिएको अल्कोहल रक्सीजन्य पदार्थको विज्ञापन गराउँदै आएको छ । सरकारले मदिराको अन्तशुल्क बढाएर कर लगाउँदै आएता पनि रक्सी कम्पनी र जावलाखेल डिस्टलरीले उत्पादन गरेका कतिपय रक्सीजन्य पदार्थको विज्ञापन ठुला बिग हाउसले प्रकाशन गरिराखेका छन् ।
स्वदेशी वा विदेशी रक्सी कम्पनिले खुल्लम खुल्ला विज्ञापन गरेपनि यस्ता विज्ञापनमा प्रतिबन्ध लगाउने निकाय चुपचाप बसेको छ । बजारमा सबैभन्दा बढी प्रचार गोल्डेन ओक, सेतो बाघ, रोयल स्टेक, भोडकादेखि स्वदेशी तथा विदेशी लगानीमा खोलिएका वियर कम्पनी टुबोर्ग, काल्र्सवर्ग, आइसवर्गजस्ता वियर कम्पनीले विज्ञापन गरिराखेका छन् । सरकारले मूल्य बढाएपनि अल्कोहल सेवन गर्ने व्यक्ति भने झन् बढेर गएको देखिन्छ । यस्तै डाइजिन रुस्लान भोड्का, ओल्ड दरबारदेखि विभिन्न रक्सी कम्पनीले कमसल र गुणस्तरहीन अल्कोहल बजारमा पठाएका छन् । अहिले बजारमा पाइने अल्कोहलको व्यापार फस्टाउँदो छ । यस्तै वियर कम्पनीले उत्पादन गरेका वियरको व्यापार पनि फस्टाएर गएको छ । नाम चलेका कम्पनीबाट उत्पादित अल्कोहलको व्यापार फस्टाएर गएको छ ।
यस्तै नाम नचलेका र बजारमा पाइने अल्कोहलको नाम उच्चारण गरेर साध्य छैन । सरकारले मदिराको मूल्य आर्थिक वर्ष २०७९ साउनदेखि लागु गर्ने भनेतापनि मदिरा व्यापारीले बजेट भाषणको भोलिपल्टबाट मदिराको मूल्य बढाएर बिक्रि वितरण गरिराखेका छन् । के नेपालमा उत्पादित मदिराजन्य पदार्थको गुणस्तरीय छन् त ? यसको मापदण्ड ठिक छ या छैन यसको गुणस्तर ठिक छ या छैन भन्नेसमम जानकारी न राजस्व विभागले गरेको छ । न त उद्योग विभागले नै गरेको छ । बजारमा उत्पादित अल्कोहल कुन गुणस्तरको छन् कसैलाई जानकारी छैन । अल्कोहल उत्पादन गर्ने कम्पनीले के कति राज्यलाई कर बुझाएका छन् र कतिपयले राजस्व छलेका छन् भन्ने सम्मको ज्ञान सरकारमा बस्ने निकायलाई छैन । सरकारी निकायहरु चुप बनेर बसेका छन् । मदिरा कम्पनीले राज्यलार्य कति नाफा दिएका छन् । यसको अनुगमन कसले गर्ने सरकारले मदिराजन्य अल्कोहल र सुर्तीजन्य सामाग्रीको अन्तशुल्क वर्षेनी बढाएको छ । नेपाली जनताले सेवन गरिराखेका छन् । जता पायो उतै मदिरा पसल छ्यापछ्याप्ती खोलिएको छ । यसको पादण्ड के हो यसले गुणस्तर कस्तो छ, गुणस्तर छ कि छैन । यसको म्याद कति हो, कति महिना, कति वर्षसम्म मदिरा पिउन मिल्छ भन्नेसम्मको ज्ञान छैन । के जनताले मदिरा सेवन गर्दा गुण्स्तरीय प्रयोग गरेका छन्, यस्ता कुरामा राज्यले ध्यान दिएको छैन ।
बजारमा अहिले छ्यापछ्याप्ती मदिरा बिक्री वितरण भएको छ । मदिरा व्यापारीले जति पायो त्यति मूल्य राखेर बिक्री वितरण गरेका छन् । यसको अनुगमन कसले गर्ने ? राज्यले मदिरा र सुर्तीजन्य चिज बिक्री वितरण गरेको छ । अहिले उदाहरणको लागि किराना पसलमा चुरोट, खैती, बियर, रक्सी, कोक, फेन्टादेखि इत्यादी किराना पसलमा बिक्री वितरण भएका छन् । सबै किराना पसलमा अल्कोहल पाइने गरेको छ । मदिरा बिक्री गर्दा कस्तो खालको मापदण्ड र योग्यता चाहिन्छ, मदिरा गुणस्तर छ कि छैन, कतिपय बियरको बोत्तलमा झिंगा लेदोसमेत भेटिने गरेको छ । कतिपय रक्सीको बोत्तलको बिर्काे फुटेको भेटिन्छ । रक्सीको बोत्तलभित्र सिसाको टुक्रा नहोला भन्न सकिँदैन । यस्तो चिज अल्कोहलमा भेटिने गरेका उदाहरण थुप्रैछन् । तर अल्कोहलको अनुगमन राज्यले गरेको छैन । अल्कोहल विवाह, ब्रतबन्ध, पास्नी, पिकनिकदेखि भोज भतेरमा अल्कोहल राखिने गरिन्छ । यस्तो विषयमा राज्यले अनुगमन गर्न चुकेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *