प्रहरीको कमाई खाउ रमाई रमाई

समाचार

काठमाडौं । नेपालमा सरकार परिवर्तन भएसँगै गृहमन्त्री फेरिन्छन् र नेपाल प्रहरी सशस्त्र प्रहरीका आईजीपी फेरिन्छन् या आईजीपी फेरिने खेल चल्छ । नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीका आईजीपी फेरिएपनि नीति नियम फेरिँदैनन् । व्यक्ति फेरिए पनि सिस्टम फेरिँदैन, नेपाल प्रहरीले भन्ने गरेको छ । सत्यम सुरक्षणम भन्ने नारा दिएकै छ । तर प्रहरी कमाउन व्यस्त रहेको देखिन्छ । गृहमन्त्री पनि कमाउन व्यस्त छन् । ६÷६ महिनामा प्रहरी प्रमुख फेरिन्छन, यो भनेको पैसा फेरिनु हो । अहिले गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालय चलाएका छन् । मन्त्री खाँणको काम प्रहरी सरुवा गर्ने र बढुवा गर्ने भएको छ । आगामी कात्तिक÷मंसिरमा हुने संघ र प्रदेशको चुनावी खर्च उठाउने, चाँजोपाँजो मिलाउने काममा गृहमन्त्री लागेको बताइन्छ । गृहमन्त्ती बाहिर नबोली भित्री रुपमा पैसाको चलखेल गरेर चुनावी खर्च उठाउने गरेको गृह सुत्रले बताएको छ । नेपाल प्रहरीले पनि बढुवा खाने र मालदार ठाउँमा जाने योजना बनाएका छन् । प्रहरीले शान्ति सुरक्षा लागुऔषधी कारबाहीदेखि हुण्डी तस्कर, सुन तस्कर रोक्न सकेको छैन । किनकि प्रहरीलाई आउने स्रोत भनेको सुनतस्करी, हुण्डी तस्करी, मानव तस्करी, लागुऔषध तस्करीदेखि विभिन्न गेस्ट हाउस, डान्सबार, रेस्टुरेन्टबाट आउने कमिसन नै प्रहरीको मुख्य कमाई हो । यस्तै प्रहरीको आम्दानीको स्रोत भनेको पाकेटमारा, लागुऔषध ओसारपसारबाट प्रहरीको आम्दानी बन्ने गरेको छ । सो पैसा गृहसचिव, गृहमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेतासम्मलाई भागवण्डा लगाउनुपर्छ । यस्तै प्रहरीको आम्दानी रासन ठेक्कादेखि प्रहरीलाई चाहिने लत्ताकपडा, स्टेशनरी, मिसन जाँदा आउने पैसा, हात हतियार खरिदबाट आउने कमिसन हो । यस्तो कमिसन कसैगरी रोकियो भने प्रहरीको कमाई शून्य हुन्छ । नेपालमा लागुपदार्थ ओसारपसारदेखि सुन, हुन्डी, मानव तस्करसम्मलाई प्रहरीले सहयोग गरेन भने प्रहरीको कमाई शून्य अवस्थामा आउँछ । प्रहरीले यस्ता सुन तस्कर, हुन्डी तस्कर, लागुपदार्थ ओसारपसार, मानव तस्करलाई कारबाहीबाट जोगाउने काम गर्दै आएको छ । त्यसकारण प्रहरीले यस्ता कार्य गर्नेहरुलाई नियन्त्रणमा ल्याउन सकेको छैन । नियन्त्रणमा ल्याएका व्यक्ति भने भागवण्डा नमिलेको कारण बेलाबखत समाउने गरिन्छ । नत्र भने प्रहरीले यस्ता धन्दामा लाग्ने व्यक्तिलाई नियन्त्रणमा लिन सकेको अवस्था छैन ।
ठुला ठुला जुवातास, ढुकुटीजस्ता खेलाउने व्यक्तिले बेलाबखत नियन्त्रणमा लिने गरेको छ । प्रहरीले शान्ति सुरक्षाको लागि खटाउने जवान, हवल्दार, असई, सई, इन्सपेक्टर र डीएसपीसम्म सवारी हुँदा, केही घटना हुँदा देखिन्छन् भने ठुला एसपीदेखि एसएसपी, एआईजीले शान्ति सुरक्षामा खटेको देखिँदैन । खाली राजनीतिक दलको घर घर चाहर्ने र मन्त्री, गृहमन्त्री, गृहसचिवको चाकडीमा लाग्ने गरेका छन् । नेपालमा चाल्र्स शोभराजले भनेका थिए नेपालको एयरपोर्टबाट हात्ति पनि छिर्छ । उनले भनेजस्तै अहिले ठमेलको होटलबाट प्हरीले खैरो हेरोइनसहित सातजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । सो लागुऔषध कारोबारमा भागवण्डा नमिलेपछि बरामत गरिएको समाचार स्रोतको भनाई रहेको छ । प्रहरी भित्र पनि राजनीतिक पार्टीभित्रजस्तै भित्री रुपमा गुट उपगुट बन्ने गरेको र प्रहरी भित्र कसरी पैसा कमाउन सकिन्छ र पावरमा पुग्न सकिन्छ भन्ने एउटा समूह रहेको छ । एउटा खेमा इमान्दारिता देखाएर बिना सोर्सफोर्स प्रतिस्पर्धाबाट देशको सेवा गर्नुपर्छ भन्ने लाइनमा लागेको छ । एउटा समूह उठाउने धन्दामा लागिपरेको छ । प्रहरीले अहिले शान्ति सुरक्षाको बारेमा ध्यान दिएको छैन । प्रहरीले कालोबजारी चलाउने, देहव्यापार गर्ने, जुवातास, हुन्डी तस्कर, सुन तस्करलाई समात्न ध्यान दिएको छैन । किनकि गृहमन्त्री बालकृष्ण खाँणलाई पैसा चाहिएको छ । यस्तै गृहमन्त्री पछाडि प्रधानमन्त्री पत्नी आरजु राणालाई पनि पैसा चाहिएको छ । आगामी कात्तिक÷मंसिरमा हुने भनिएको संघ र प्रदेशको चुनाव जितेर सांसद बन्ने खेलमा गृहमन्त्री लागेका छन् भने प्रहरीलाई नियन्त्तणमा राख्न सकेका छैनन् । असार लागेको छ । बाढी, पहिरो, भुकम्प, हावाहुरी जस्ता आईपर्ने समस्यालाई व्यवस्थापन समेत गर्न नसकेको आरोप गृहमन्त्रीमाथि लाग्न थालेको छ । प्रहरी कमाउ धन्दामा व्यस्त रहेको बताइन्छ । अहिलेका आईजीपी धिरजप्रताप सिंह आईजीपी पद खोसिने हो कि भन्दै कमाउ धन्दामा व्यस्त रहेको बताइन्छ । किनकि विश्वराज पोखरेलले वरिष्ठताको हिसाबमा आफु आईजीपी हुनुपर्ने भन्दै सर्वाेच्चमा मुद्दा दायर गरेको छ भने धिरजप्रताप सिंहलाई प्रधानमन्त्रीले आईजीपीको चिठ्ठा पारिदिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *