काठमाडौं । रास्वपाको सरकार बनेको एक महिना पुग्न लागेको छ । सरकारले जताततै सर्वसाधारण जनतालाई आंतकित बनाइरहेको छ । कहिले राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्ने, कहिले नेपाल भारत सिमा आसपासका नेपालीहरुलाई सय रुपैयाँ भन्दा माथिको सामानलाई भन्सार कर लगाउने जस्ता काम गर्दै आएको छ भने पत्रकारहरुलाई सरकारी विज्ञापनमा रोक लगाइरहेको छ । सरकारी विज्ञापनमा रोक लगाएपछि पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार आन्दोलित भएकै बेलामा त्यसको मौका छोपी सुकुम्बासी वस्तीलाई उठीबास बनाउन लागि परेको छ ।
सबै क्षेत्रका सुकुम्बासीहरुले विरोध गरिरहेका छन् । उनीहरुले विरोध गरेतापनि सरकारले त्यसको सुनुवाई नगरीकन सुकुम्बासी उठाउनको लागि धरकपड गरिरहेको छ । भोलिदेखि सुकुम्बासी वस्तीलाई हटाउने तयारी भइरहेको छ । महानगरपालिकाले सुकुम्बासीहरुलाई आफ्नो सामान सार्नको लागि माइकिङ गरिरहेको छ । उनीहरुले आफ्नो भएको सामानहरु अन्यत्र सार्न थालेका छन् । काठमाडौं महानगर पालिका लगायत शहरी विकास मन्त्री सुनिल लम्सालले त्यसको समन्वय गरी सुकुम्बासी उठाउनमा सहजिकरण गरेका छन् । मन्त्रालयले विपद् व्यवस्थापन, गृह, सुरक्षा निकाय, सामान्य प्रशासन, स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर भोलिको लागि तयार हुन आग्रह गरिसकेको छ ।
त्यसले गर्दा बालेन सरकारले सरकार बनेको एक महिना नपुग्दै सबै क्षेत्र आतकिंत बनाएका छन् । व्यापारीहरुलाई पक्राउ गरिएको छ । कर्मचारीहरुलाई हत्तोसाहि बनाएका छन् । लेखापढी व्यवसायसंघलाई आतंकित बनाएका छन् । यी र यस्तै कारणले बालेन सरकार दिनप्रतिदिन आलोचित बन्दै गएको छ ।

