धरानका मेयर साम्पाङले दिए दुई जनाविरुद्ध प्रहरीमा जाहेरी

राजनीति समाचार

सुनसरी । धरान उपमहानगरपालिकाको नगर प्रमुख ९मेयर० को कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगर प्रमुख हर्कराज राई ९साम्पाङ० ले दुई जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगर प्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको तयारी भइरहेका बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो रु भनेपछि आक्रोशित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको जनाइएको छ । उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ? ’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले नगर प्रमुख विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसा समेत फुटाई दिएका थिए । यता नगर प्रमुख साम्पाङले भने ’यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, यो व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *