छोराको कुटपिटबाट बाबुको मृत्यु

समाचार

काठमाडौँ । तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका(५ ठकुरी टोलका २४ वर्षीय छोरो टङ्क भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्त बहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो ।

प्रदेश १ प्रहरीले तेह्रथुम प्रहरीको सूचना अनुसार बाबुछोराको विवादपछि छोरा टङ्क भण्डारीले धान कुट्ने मुसल अचानक बुबाको टाउकोमा प्रहार गरेका थिए । मुसलको प्रहारले घाइते उनको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुबाको हत्या गर्ने छोरा टङ्क फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *