कोही अर्बपति, कोही शून्य, भविष्यमा सबै जेल जाने ?

समाचार

काठमाडौं । जागिर खाएर राजनीतिक दलको निकट भएपछि राजनीतिक दललाई विश्वासमा लिएर मालदार ठाउँमा बस्दै करोडौं कमाउदै आएका कर्मचारीको नाम बेलाबखतमा चर्चामा आउने गरेको छ र आइ पनि राखेको छ । यस्तै मालपोत कार्यालय चावहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतको नाम सेलाउन नपाउँदै विभिन्न तप्का र विभिन्न स्थानमा जागिर खाएर पुस्ता पुस्तालाई पुग्ने सम्पत्ति कर्मचारीले कमाउँदै आएका छन् भने राजनीतिक पार्टीको वरिपरि घुमेर मन्त्री र सांसद भएकाहरु सबैभन्दा बढी कमाउने तत्कालीन भौतिक तथा गृहमन्त्री भएका विजय कुमार गच्छदार रहेका छन् । त्यसपछि जेपी गुप्ता, स्वर्गीय खुमबहादुर खड्का, गोविन्दराज जोशीको नाम चर्चामा छ । यस्तै कर्मचारी क्षेत्रमा तत्कालीन दीप बस्न्यातदेखि गोपालबहादुर खड्का चुडामणि शर्मादेखि तत्कालीन राजस्व सहसचिव भरत सुवेदीसम्मको नाम चर्चामा रहेता पनि कयौं कर्मचारी भ्रष्टाचारीको नाम चर्चामा रहेका छन् । यस्तै हालसालै एक दैनिक पत्रिकाले सार्वजनिक गरेको कर्मचारी नायब सुब्बा त्यही पनि मन्त्रीको स्वकीय सचिव बनेर ६ करोड कमाएको नाम चर्चामा आएको छ । यस्ता उदाहरण धेरै छन् तर नाम सार्वजनिक हुने क्रम जारी छ ।
राज्यको सम्पत्तिमा रजाईं गर्ने कर्मचारीको नेता बन्ने, सँधै मालदार ठाउँमा बस्ने, राजनीतिक पार्टीमा लाग्ने, छेपारोले रंग फेरेजसरी राजनीतिक दल भजाउने सँधै भौतिक, गृह, स्वास्थ्य, भूमिसुधार, सिंचाई, उर्जा मन्त्रालय, श्रम विभाग, कर कार्यालय भन्सार विभााग, राजस्व अनुसन्धान विभाग, ठुला करदाता कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेर अन्यत्र नजाने कर्मचारी नगन्य अवस्थामा रहेका छन् ।
यस्तै तत्कालीन सचिवदेखि हाल जागिरबाट रिटायर्ड भएका कर्मचारी र बहालवाला कर्मचारी कुनै न कुनै बेला अख्तियारको फन्दामा पर्ने भएका छन् । खासगरी अख्तियारले यस्ता भ्रष्टाचारी कर्मचारीलाई कारबाही गर्न सकेको छैन । किनकि अख्तियारमा सबै कर्मचारी पुराना रहेका छन् । जागिरबाट रिटायर्ड भएका कर्मचारी राजनीतिक दलले नियुक्ती गरेका छन् भने अन्यको जागिर भ्रष्टाचार गरेको फाइल अख्तियारबाट गायब पारेर तामेलीमा राखी भ्रष्टाचारको सबै फाइल नष्ट गर्न र अख्तियारमा सरुवा भएर जाने गरेका कर्मचारी धेरै छन् । स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने हो भने कर्मचारी राजनीतिक दलका नेता, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारी समेत छानबिनको दायरामा आउने सम्भावना रहेको स्रोतको भनाई छ । खासगरी अख्तियारमा सबै दलको भागवण्डा र सबै कर्मचारीले भ्रष्टाचार गरेको सम्पत्ति जोगाउन अख्तियारमा सरुवा भएर जान र कारबाहीबाट जोगिन अख्तियारमा जाने गरेका छन् । नेपालमा बहुदल आएपछि सबैभन्दा बढी कर्मचारी भ्रष्टाचारी भएतापनि कारबाही गरेजसो गरी सजाय पाउँदै आएका छन् । यस्तै कर्मचारी मात्र भ्रष्ट हुँदै राजनिितक दलका नेता भ्रष्टचारी भएको कारण नेपालमा विकासको बजेटमा कागज मिलाएर खाने परिपाटी चल्दै आएको स्रोतको दाबी छ । हाल नेपालमा ठुला ठुला आयोजनादेखि सरकारी कार्यालयका नासुदेखि मुख्य सचिवको सम्पत्ति छानबिन गर्ने र सम्पत्तिको स्रोत खोज्ने हो भने सबै कर्मचारी भ्रष्टाचारीको सूचीमा पर्ने र सबैको सम्पत्ति जफत हुने अवस्था आउन सक्ने पुराना एक कर्मचारीले नाम नबताउने सर्तमा तामाकोशी सन्देशलाई गुनासो पोखेका छन् ।
हुनपति कर्मचारीले यो देशको राजनीतिक पार्टीका नेताको हैसियत र नीति निर्णय सबै कर्मचारीको हातमा रहेको छ । एउटा मन्त्री आउँछ जान्छ, अर्काे मन्त्री आउँछन् । ६ महिना, वर्षदिनमा मन्त्री विदा हुन्छन् । कर्मचारी ३२ वर्षसम्म मालदार मन्त्रालयमा बसेर कुन मन्त्रालयको हैसियत कति कुन मन्त्रीको हैसियत कति भन्ने कुराको ज्ञानसमेत कर्मचारीको दिमागमा रहेको हुन्छ । यस्तै मन्त्रीले सांसदले हस्तक्षेप नगरेको खण्डमा कर्मचारी पनि डराउँछन् । तर राजनीतिक पार्टीको मन्त्रीले हस्तक्षेप गरेका मन्त्रालयमा कर्मचारीको हालीमुहाली चल्ने गरेको छ । अहिले राजनीतिक पार्टी र ब्युरोक्रेसी व्यापारी मिलेर गरिब निमुखा जनताको घरमा आगो नबल्ने अवस्था आएको छ । महंगीले गर्दा मजदुर किसान ज्यालादारी नेपाली सडकमा छटपटाएको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *