हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण

विविध समाचार

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ ।

गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक सय ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्याइएको छ ।
गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर एक सय ७८ जनालाई पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *