किसानमाथि कति हो अत्याचार ?

समाचार

 

स्वार्थभन्दा टाढा नजाने प्रवृत्तिलाई नेताहरुले ध्यान दिएका छैनन्, भन्छन् । कम्युनिस्ट नेताले सर्वहारा वर्गको नाममा सामान्त र शोषणबाट आफू धन सम्पत्ति थुपार्ने काममा लाग्छन् । अहिले नेकपाको बलियो सरकार छ । पार्टीको किसान महासंघ छ । किसानको हितमा महासंघ बोल्दैन । किसान नेता चित्रबहादुर केसी, नारायाण श्रेष्ठ, सरकारी गाडी प्रयोग गरेकै छन् । वामदेव गौतम किसान महासंघको ठूलै नेता थिए । नेकपाको पार्टी नेता छन्, श्रमजीवी मजदुर वर्गको पार्टी भन्छन्, त्यही पार्टीको सरकार छ । तेस्रोपटक यो सरकारले बजेट ल्याई सक्यो । तर किसानप्रति सरकार उदासीन छ ।

सत्तामा पुग्न भ¥याङ बनाएका किसान मजदुर श्रमजीवी वर्गप्रति लक्षित केही कार्यक्रम आएका छैन । असार महिनामा चाहिने मल पुससम्म आएकै छैन । धान खेती गर्नेले मल नपाएर त्यसै सकियो । हाल्ने बेलामा पनि मल ल्याउन यो सरकारले सकेन । किसानको हित गरेको छैन । मजदुरको पीर, मर्का बुझ्दैन । बिचौलियाहरुले सरकार चलाउँछन्, यो कस्तो शासन हो ? जहाँ पार्टीमा गुटबन्दीको स्वार्थबाहेक अरुतर्फ ध्यानै छैन । सरकारजस्तो सरकार भएको अवस्था छैन । कोरोनाले भित्रभत्रै गाँजेको छ । ट्राफिक प्रहरीले जोर बिजोरले बैंकबाट ऋण लिएर ट्याक्सी किनेका ड्राइभरहरुको पीडा त्यस्तै छ ।

कृषिप्रधान देशको किसानले उत्पादनले उचित मूल्य अहिलेसम्म पाएका छैनन् । समयमा मल बिउ पाइँदैन । राज्यले व्यवस्थापन गर्न नसक्दा  शारदा अधिकारीजस्ता ठेकेदारलाई मल ल्याउने जिम्मा दिइन्छ । सम्झौता अनुसार काम नगर्ने जोसुकै होस्, कारबाहीको दायरामा ल्याइएको छैन । सरकारको कुनै त्यस्तो ठाउँ रहेन, जहाँ यो राम्रो काम ग¥यो भन्ने कोभिडको नाउँमा बन्द भएको सिनेमा हल खुलेका छैनन् । विद्यालय खुलेका छैनन् । अभिभावकबाट शुल्क अशुल्ने काम भएकै छ । कम्युनिस्ट पार्टीको पक्षमा प्राप्त त्यो जनमतको सरकारले । सत्ता सञ्चालक प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको लडाइँले काम गर्न सकेको छैन । जसले सत्ताको सुरुवात गुटबन्दीबाट ग¥यो । असक्षम र भ्रष्टहरुलाई सहयोगमा लिएर । आफ्ना मान्छेलाई पद सुम्पन ऐन, नियम फेर्ने काम भयो । अधिकार पाएकाले गोकर्ण रिसोर्ट, दरबार मार्गको जग्गामा भाडा प्रकरणमा तेलामेला ग¥यो । ओम्नी समूहको लेखबाडले गर्दा औषधि खरिद मै भ्रष्टाचार भएको छ ।

मजदुरको क्षेत्र हेर्ने श्रम मन्त्रालय, किसानको हित गर्ने कृषि मन्त्रालय, उद्योगको रेखदेख गर्ने उद्योग मन्त्रालयमार्फत जति जनपक्षीय काम गर्न सकिन्छ, तर सरकारले गरेको कामको अध्ययन पार्टीभित्र छैन । समाजमा दखिएको यस्ता समस्याले पार्टीका वरिष्ठ नेताहरुलाई समेत मजदुर र किसानको पीडामाथि ध्यान छैन । यस्तो भद्रगोल अवस्थामा नेकपाको सम्पत्ति बनेको छ । भोलिका दिनमा आइपर्ने समस्याको प्रतिवाद गर्ने साहस लिएर अगाडि बढ्ने आँट धेरैमा हुँदैन । किनकि गुटको आधारमा मन्त्री बनाइएकाहरु नै भ्रष्टाचारकै विरुद्ध छानबिन गर्ने अख्तियारसमेत राजनीति लबिङ चलेको अवस्था छ । नवीन घिमिरेको कार्यकाल भ्रष्टाचारीको फाइल दबाउनमा बित्यो । किनकि देशका ठूला भ्रष्टाचारका फाइलहरु वाइडबडी, एनसेल, न्यारोबडीसमेत छानबिनमा परेनन् । देउवा सरकारको पालामा भएको भ्रष्टाचारको छानबिनमा ध्यान दिएएको छैन । थामसेर्कु, हिमालयन एयर, यति होल्डिङ्सजस्ता समूहको स्वार्थमा वायु सेवा निगमलाई ध्वस्त बनाउनु पार्टीका नेता लागिपरे किनकि निगमका विमान भाडामा लिएर डलर कमाइ गर्ने तारा एयर उडेकै छ । तर निगमको साना जहाज धमाधम बेच्ने र खाने धन्दामा व्यवस्थापन लागेको छ । यतिका लगानीकर्ता हाइअल्टिच्युटका बोर्ड सदस्य निगमको बोर्डमा धमाधम ल्याएकै छ । प्रचण्ड–ओली मिलेर बनाएको सरकारलाई जनताको रोग र भोकको विकृति हटाउनेभन्दा बढाउने काम बढी भएको छ । कम्युनिस्टको बद्नाम यहाँ भन्दा बढी कति हुने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *