काठमाडौं । नेपाली उखानमा नेपालको कानून दैवले जानून भने जस्तै भएको छ । वाइडबडी जहाज खरिद काण्डमा । जहाज खरिद ४ नेपाली ७ विदेशी गरि २१ जनालाई सफाइ दिएर ४ जना व्यक्तिलाई भ्रष्टाचार काण्ड लागोको छ । त्यसमा सुगतरत्न कंसकार, शिशिर कुमार ढुगाना, बुद्धि सागर लामिछाने र शंकर अधिकारीलाई भ्रष्टाचार मुद्दा लागेको छ । वाइडबडी जहाज खरिद काण्डमा तत्कालीन नागरिक उडड्यन तथा संस्कृति पर्यटन सचिव रहेका प्रेम कुमार राईलाई भने चोख्याइएको छ । राई जहाज खरिद काण्डमा मात्र मुछिएका थिएनन् आयल निगमको जग्गा खरिद काण्डमा समेत मुछिएका व्यक्ति हुन् । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका छन् ।
राई अहिलेसम्म कुनै भ्रष्टाचारको मुद्दामा मुछिएको पाइँदैन । किनभने तत्कालीन केप ओली सरकारले प्रेमकुमार राईलाई अख्तियार प्रमुख बनाएपछि भने उनी भ्रष्टचार मुद्दा लाग्नबाट जोगिएका हुन् । उनी राई अहिले अख्तियार प्रमुख भएको कारणले पनि जहाज खरिद र जग्गा खरिद काण्डमा मुद्दा नलागेको हुनसक्छ । तर अन्य व्यक्तिहरुलाई भने भ्रष्टाचार मुद्दा लागेर दण्ड जरिवानासहित जेल बस्नुपर्ने बाध्यता देखिन्छ । त्यस्तै, अन्य व्यक्तिहरुलाई करौंडौंको जरिवाना गराएर जेल हाल्ने तरखर गरिदँै छ । त्यसकारण नेपालको कानून दैवले जानुन भन्ने उखान चरित्र भएको छ ।
शक्ति र पावरको आँडमा भ्रष्टाचार गर्ने व्यक्तिहरु जोगिने र पावर र शक्ति नहुने सधैँ जेलमा बस्नुपर्ने बाध्यता छ । किनभने राजनीतिक दलहरुले संवैधानिक निकायमा आफ्ना मान्छे जोगाउनको लागि पनि न्यायलयभित्र न्यायाधीश नियुक्त गर्दा राजनीतिक भागबण्डा गरी न्यायाधीश नियुक्त गर्ने परम्पराले पनि कतिपय मुद्दा ओझेलमा पर्ने गरेका छन् । मुद्दा मात्र ओझेलमा पर्ने गरेका छैनन् राजनीतिक दलनिकटका भ्रष्टाचारीहरुलाई जोगाउने काम हुदैँ आएको छ । त्यसले गर्दा पनि न्यायालयमा छिटोछरिटो र पारदर्शी ढंगले मुद्दा फैसला हुने गरेका छैन ।
त्यसैको परिणाम हो वाइडबडी जहाज खरिद काण्डमा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको आरोपमा ४ जनालाई दोषी ठह¥याइएको छ । अन्यलाई सफाइ दिइएको छ । यो त एउटा उदारहण मात्र हो । यस्ता काण्ड त कति छन् कति छन् । राज्यका सम्बन्धित निकायले त्यतातिर ध्यान दिएको छैन । दुई तिहाइ हाराहारीको सरकार छ । देशमा भ्रष्टाचार चम्किएको छ । महङिग बढेको छ । सर्वसाधारण जनताले विहान बेलुका हातमुख जोड्न समस्या परेको छ । सरकार रमिते बनेको छ । त्यसले गर्दा देशमा आर्थिक मन्दि छाउँदै गएको छ ।