लोकसेवा भन्दापनि राजनीतिक नियुक्ति विषयमा बहस जरुरी छ: सांसद ज्वाला

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखेका हुन्। सांसद ज्वालाले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताएका छन् ।

राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गर्न जरुरी रहेको बताएका छन् । सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने कार्य मौलिक अधिकारबाट वञ्चित गर्ने भएको बताए । उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *