काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिबाट तीन दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् ।
एमाले सांसद रघुजी पन्तले फरक मत लिखित रुपमा नराख्न आग्रह गर्दै माओवादी केन्द्र लगायतका विपक्षी दलहरुलाई मनाउने प्रयास गरिरहेका छन् ।
कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले आफ्नो व्यक्तिगत स्वार्थमा नलाग्न सबैमा सहमत हुने वातावरणको सृर्जना कायम हुने विश्वास व्यक्त गरेका छन् । साथै विधेयक धेरै लम्ब्याउन नहुने बताउँदै उनले दुई, तीन दिनभित्रै कायान्वयनमा ल्याउन सबैमा अनुरोध गरेका छन् ।