कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्न अर्थको सुझाव

अर्थ/वाणिज्य समाचार

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने धारणा राखेको छ ।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थले अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्षको प्रावधान लागू गर्दा ५० देखि ६० अर्ब बचत हुने भएकोले यो प्रावधान लागू गर्न सुझाएको हो ।

निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अककाश ५८ बाट ६० वर्ष पुर्याए राज्य कोषलाई पनि केही राहात मिल्ने भएको कारण सहमतिमा जुटेको तर,कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । ६/६ महिना गरेर दुई वर्षभित्र लागू गर्ने कि, एक/एक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *