बार्सिलोना फर्किने सम्भावना न्यून रहेको मेसीको तर्क

खेलकुद समाचार

काठमाडौं । लियोनेल मेसीले अब आफु बार्सिलोना फर्किने सम्भावना न्यून रहेको बताएका छन् ।

हाल अमेरिकन लिगमा इन्टर मियामीबाट खेलिरहेका मेसीले आफु सधैं बार्सिलोना फर्किन चाहेको भएपनि अब त्यो सम्भव नभएको बताएका हुन् ।

मेसीले बार्सिलोनाका युवा खेलाडी लामिन यमलको प्रसंशा गरेका छन् । मेसीले १७ बर्षको उमेरमै उनी युरोपको च्याम्पियन बनेको बताउँदै यमल अहिलेनै विश्वको उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् । मेसीले यमलको खेलाडीको रुपमा उनको विकास क्रमशः हुँदै जाने बताएका छन् ।

मेसीले इन्टर मियामीमा अहिलेसम्म ४९ खेलमा ४२ गोल गरेका छन् भने क्लबलाई २०२४ मा सपोर्टर्स शिल्ड र २०२३ मा लिग्स कप जिताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *