सत्ता गठबन्धनको कार्यदलको बैठकः दलहरूले आ-आफ्नो सिटमा दावी प्रस्तुत गर्ने

राजनीति समाचार

काठमाडौैँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ । कार्यदलको दोस्रो बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यदलका सबै दलले आ(आफनो सिटका बारेमा दावी पेश गर्नेछन् र सो दावी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्। जुन सुझाव शिर्ष नेतृत्वहरुलाई पेश गर्नेछन् ।

११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईरदुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *