विद्यार्थी कम भएपछि पाँचवटा सामुदायिक विद्यालय समायोजन

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ– २ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ– ६ को वनपाला आधारभूत विद्यालय, वालिङ– ७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ– १२ को प्रभात आधारभूत विद्यालय र वालिङ– १४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो ।
नगरपालिकाका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुवातदेखि नै समायोजन गरिएको छ ।
स–साना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको छ ।

पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *