काठमाडौं । सरकारले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न’ विधेयक दर्ता भएको छ ।
दर्ता भएको विधेयकको मस्यौदामा बाबुको पहिचान नखुलेको कुनै व्यक्तिले स्व घोषणा गरे वंशजको नागरिकता पाउने प्रस्तावका साथै मंगलबार गृहमन्त्री रमेश लेखकले विधेयक दर्ता गराएका हुन् ।
विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भएको तर‚नेपालमा बसोबास गर्ने व्यक्तिले पनि अङ्गीकृत नागरिकता पाउने प्रस्ताव गरिएको छ । यसका लागि कुनै व्यक्तिले विदेशको नागरिकता वा राहदानी नलिएको हुनुपर्ने मात्र होइन बाबुको पहिचान नभएको पनि स्वघोषणा अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ।
विधेयकको आर्थिक टिप्पणी उठाउँदै गृहमन्त्री लेखकले नागरिकता प्रदान गर्ने विषय अदालतमा मुद्दा परेको तथा ती मुद्दामा भएका अदालतका आदेशलाई कार्यान्वयन गर्नुपर्ने भएकाले संशोधन विधेयक दर्ता गरिएको उल्लेख गराएका छन् ।
यस्तै कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएपनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्व घोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिने र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयक मस्यौदामा रहेको छ ।