शहीदप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

देश/विदेश समाचार

काठमाडौं । शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक र शहीद गेटमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन बलिदान दिने शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरी देशभरि आज शहीद दिवस मनाइँदै छ ।

२००७ सालपछि हरेक वर्ष १६ माघमा विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख लगायतले पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *