काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको गम्भीर ध्यान्याकर्षण भएको बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भमा भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भएकोले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने यदि त्यसो भए नियन्त्रण गर्ने उनले बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी नभएकोले यस्ता भ्रमपूर्ण प्रचारप्रसार गर्नेप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । वर्तमान सरकारको मूल एजेन्डा नै भ्रष्टाचारको दुर्गन्धलाई कसरी हटाउने भन्ने चासोको विषय भएकोले देश र जनताप्रति निष्ठा राखी इमान्दार भएर काम गर्ने बताएका छन् ।