पत्रकारी विभूषणमा जासुसीहरु हावि !

राजनीति समाचार

काठमाडौं । पत्रकारिता पुरस्कार पाउन माओवादी पत्रकारमा युद्ध लडेको, बम बोकेको, चन्दा उठाएर भक्तपुरतिर घरबारी जोडेको खोजे जस्तै कांग्रेसमा पनि पत्रकार महासंघलाई कोमामा पु-याउने योग्यता भएको हुनुपर्छ । लेख्ने पत्रकारहरु कांग्रेसको टिममा पर्दैन । अब त राजनीतिमा स्त्री लम्पट, भ्रष्ट, विचौलिया, माफियाको सुराकी, प्रहरीका तलबदारलाई समयअनुसार पदक विभूषण दिने गरेका छन् ।

यसपटकको प्रेस दिवसमा सरकारले वितरण गरेको पुरस्कार कबाबमा करेलीको अचार जस्तै स्वादिलो थियो । सिफारिसकर्ता प्रेस युनियन, चौतारी जो भएपनि खोट लगाउनै पर्दैन । दलीय हैकम स्वीकार्दा यस्तै हुन्छ जहाँ देखेर समाचार लेख्नेको अर्थ छैन । लोकतन्त्र र गणतन्त्रभित्रको प्रेस स्वतन्त्रता यस्तै हुनुपर्छ । साप्ताहिक स्वरोजगारमूलक पत्रपत्रिकामाथि दमन गर्ने विज्ञापन बोर्ड कालो सर्प जस्तै भएको छ ।

पत्रकारको हक हितमा कम्युनिस्ट सरकार छैनन् भन्दा हुन्छ । माओवादी सञ्चारमन्त्री बन्दा माओवादीकै नाममा लिखेहरू पुरस्कृत भए । एमालेका संचारमन्त्री बन्दा उसकै कार्यकर्ताले पुरस्कार पाउनु नौलो होइन । तर पत्रकारकै संस्थालाई खारेज गराउन उदृत व्यक्तित्व पुरस्कृत हुनु नै लाज लाग्नु हो । असक्षम र भ्रष्ट सरकारका सहयोग भएजस्तै राज्यले गला रेटेको, संस्थागत प्रगति हुनै नदिएको अवस्थामा जे भए पनि त्यसमा विरोधको के अर्थ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *