कांग्रेसभित्र गुटैगुट झाँङ्गगिदै

राजनीति समाचार

काठमाडौँ । कांग्रेस भित्रको भाँडभैलो र अस्वभाविक व्यवहारले गर्दा नेतृत्वप्रति अविश्वास बढेर गएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चासो छैन । भातृ संस्थाहरू अवैध भएता पनि पार्टीभित्र गतिविधि छैन । तर पनि कांग्रेस चल्छ । हिजो यस्तै थियो आजपनि कांग्रेस भित्र त्यही रुप छ । सरकार छ । त्यहाँ राजनीतिक नियुक्तिमा कांग्रेस अगाडि छ । कांग्रेसले एमालेले सम्हालेका मन्त्रालयहरुमा ध्यान दिएको छैन । संस्थापन पक्षका सांसद माया राई र मोहन बस्नेतको जागिर धरापमा परेको छ ।

डा.शेखर र गगनलाई त्यो विषयको मतलव छैन । पार्टी कांग्रेस हो, तर कांग्रेसमा कम्युनिस्टको जस्तो युनिटी छैन । सभापति देउवालाई जति मस्त छ, त्यस्तो मस्ती अन्य नेताहरुलाई छैन । बोल्नेको पिठो बिक्छ न बोल्नेको चामलको के कुरा शरीरमा चामल भन्दा पिठो ठिक भएको बेलामा सत्ता राजनीतिको तुरुप पार्टीमा सामूहिकता छैन ।

त्यसले पनि सांसदहरुको छटपटी बढेको छ । सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८२÷८३ को बजेटका बारेमा कांग्रेसीहरू मौन बसेका छन् । जो बढि बोल्छ उसकै प्रचार बढी हुन्छ । दलको कार्यक्रम नीति संसदीय दलले समेत स्पष्ट गर्दैन । किनकि कांग्रेस नीति सिद्धान्त र विचारमा चलेको पार्टी होइन, आज पनि चल्दैन । उपसभापति पूर्णबहादुर खड्काले सभापतिको कार्यभार सम्हाले पनि कुनै अर्थ छैन । कांग्रेसभित्र गुटैगुट हावी भएको छ । पार्टीमा मात्रै गुट हावी भएको छैन त्यसका भातृ सुवेक्षक संघसंगठनहरुमा पनि गुट हावी भएको छ । त्यसले गर्दा कांग्रेस दिनप्रति दिन खिइँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *