निजामती सेवा दफा पाँच पास हुँदा बन्यो ११ वटा समूह

राजनीति समाचार

काठमाडौं । नेपाल सूचना प्राविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा पाँच पास गरेको छ ।

संघीय निजामती सेवा दफा पाँच पास गरी ११ वटा समूह बनेको हो । पास भएको दफा अनुसार निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा रहनेछ । नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवा अन्तर्गत नै रहनेछ ।

दफा १, ३ र ४ यसअघि नै समितिले पास गरिसकेको छ । प्रस्तावित विधेयकमा एक सय ४७ वटा दफा छन् । बुधबार समितिले एउटा दफा मात्रै पास गर्न सकेको हो । संसद्को स्वायत्तता समेतलाई ख्याल गरेर संसद सेवा छुट्टै राखिएको तर्क गरे । त्यसपछि समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः छलफल गर्नेगरी दफा ५ पास सर्वसम्मत रुपमा पास भएको घोषणा गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *