स्थानीय निर्वाचनपछि गठबन्धनभित्र बग्न थाल्यो हावा

राजनीति समाचार

काठमाडौं । सम्पन्न स्थानीय निर्वाचनको समीक्षामा लागेका राजनीतिक दलहरु निकट भगिष्यमा हुने आमनिर्वाचनको चर्चामासमेत प्रवेश गरेका छन् । निकट भविष्यमा हुने आमनिर्वाचनलाई लिएर खासगरी केही कम्यनिस्ट नेताहरुको कारण अलग–अलग कसरतसमेत गर्न लाथेका छन् ।

गतवर्षको भदौमा माधव नेपालको नेतृत्वमा विभाजित भएर गठन भएको एकीकृत समाजवादी र नेकपा एमालेको बीचमा एकीकरण गर्ने कसरत सुरु देखिन्छ । त्यसैगरी कांग्रेस नेतृत्वको वर्तमान गठनबन्धनलाई भत्काएर माओवादी केन्द्रसहितको कम्यनिष्ट गठबन्धन बनाउने अभ्याससमेत गर्न थालेको बतान्छ ।

कम्युनिस्ट नेताहरुका बीचमा आगामी आमनिर्वाचनलाई मध्येनजर गरी एकता र गठबन्धनको प्रयास हुन थालेको संकेत देखिन थालेको छ । यसको जानकारी पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा कम्युनिस्टहरुबीच एकता र गठबन्धनको कार्य सम्पन्न हुनुअगाडि नै आमनिर्वाचन घोषणा गर्ने पक्षमा देखिन थालेका छन्।

समाचार स्रोत्रका अनुसार प्रधानमन्त्री देउवा आगामी कात्तिक महिनाको अन्त्यतिर आमनिर्वाचन गर्ने पक्षमा छन् । यदि आगामी कात्तिक महिनामा आमनिर्वाचन गर्ने हो भने आगामी साउन महिनामै चुनावको मिति घोषणा गर्नुपर्ने हुन्छ । र, आगामी साउनमा निर्वाचनको मिति घोषणा भयो भने त्यसले कम्युनिस्ट एकता र गठबन्धनलाई असर पार्ने प्रधानमन्त्री देउवाको सोच रहेको छ।

उता यो गठबन्धनको साँचो बोकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने अहिलेसम्म यही गठबन्धनमार्पmत आमनिर्वाचनमा जाने र माओवादीलाई दोस्रो स्थानमा ल्याउने योजनामा रहेका छन् । यसैले गर्दा यो गठबन्धनलाई बलियो बनाउनका लागि गत मंगलवार बसेको गठबन्धनको बैठकले यसलाई जिल्ला समन्वय समितिसम्म लैजानुपर्ने सहमति समेत गरेको छ ।

तर, सम्पन्न स्थानीय निर्वाचनको मतपरिणामलाई प्रतिशतबाट हेर्दा अहिलेकै अवस्थामा निर्वाचन हुँदापनि फाइदा भने नेकपा एमालेलाई नै पुग्ने देखिन्छ । मुलुकले अपनाएको मिश्रित निर्वाचन प्रणालीअनुसार २७५ जना सांसद् रहेको प्रतिनिधि सभामा १६५ प्रतक्ष्य निर्वाचनबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेलाई समाप्त पार्ने नियत राखेर कांग्रेस, माओवादीसहित पाँचदलले गठबन्धन बनाउँदा पनि मत संख्या हिसाबमा भने नेकपा एमाले नै अग्र स्थानमा देखिएको छ । नेकपा एमालेले समग्रमा ३४ प्रतिशत मत पाँउदा नेपाली कांग्रेसले ३३ पं्रतिशत मत पाएको छ । यसको सिधा अर्थ आगामी आमनिर्वाचनमा समानुपातिकतर्पm नेकपा एमालेले नै अग्रता लिने देखिन्छ ।

यसैगरी प्रत्यक्षतर्पm हुने १६५ स्थानको भागबन्डामा नेपाली कांग्रेसलाई समस्या हुने देखिन्छ । किन भने गठबन्धनका सबै दललाई चित्त बुझाएर संयुक्त रुपमा चुनावी मैदानमा जाँदा कांग्रेसभित्रैबाट विद्रो हुने स्थिति आउने छ । उता अर्कोतिर अन्य दललाई उछिनेर कांग्रेस पहिलो हुने सम्भावना कमजोर देखिन्छ ।

किनभने समानुपातिकतर्पm कांग्रेसलाई एमालेले उछिन्ने सम्पन्न स्थानीय निर्वाचनको परिणामले नै देखाएको छ भने यो प्रत्येक्षतर्पmको भागबन्डाले पार्ने असरले कांग्रेस पछाडि पार्ने स्थिति देखिन्छ ।

त्यसकारण आगामी आमनिर्वाचनमा आफ्नो स्वार्थको लागि कांग्रेस एक्लै चुनावी मैदानमा जाने अवस्था देखिन्छ । उता कम्युनिस्टलाई बलियो शक्तिको रुपमा प्रस्तुत गर्नका लागि एमाले र एकीकृत समाजवादीका बीचमा एकता र माओवादीसहितको कम्युनिस्ट गठबन्धन बन्ने सम्भावना बन्दै गएको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *