काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि त्यहाँ वरपर रहेका सरकारी कार्यालय डुबानमा परेको छ ।
काठमाडौं महानगरका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेकोले वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको जानकारी गराएको हो । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ । पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुने जनाइएको छ ।