उन्नत जातका खेतीले जैविक विविधतामा ह्रास

जीवन दर्शन पत्र-पत्रिका लेख विविध

सरिता सिकर्मी

रैथाने कृषि जैविक विविधतामा पर्ने अन्न, घाँसे बाली, पशुपन्छी, जलीय कीट र सूक्ष्म जीवाणु जन्य आनुवांशिक स्रोत जोगाउन पनि रैथाने जात संरक्षण गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समयमा किसानहरु उन्नत जातका खेती तर्फ बढी आकर्षण भएकाले पर्यावरणीय खतरा मात्र नभई माटोको उत्पादन क्षमतालाई पनि चुनौतीको रुपमा प्रस्तुत गर्दै आइरहेको छ । उन्नत जात खेती गर्दा परागसेचनमा योगदान पु¥याई रहेकाहरुको भूमिकामा निष्क्रिय सम्भावना बढी हुँदै गइरहेको छ । जसका कारण मौरी,पुतलीहरुले पाउनुपर्ने बोटबाट रसको गुणस्तर मन नपराएको र अपुग रहेको पाइएको छ । यति मात्र नभएर माटोमा हुने गुणस्तरीय शक्ति पनि उन्नत जातका बालीले गर्दा माटोको भरण पोषण अपुग हुँदै आएको छ ।

उन्नत जातका बालीले पेट त भर्छ तर, जुन शरीरलाई चाहिने रैथाने बाली जस्तो महत्व खाद्य सुरक्षा पोषणदेखि स्वास्थ्य जीवनयापनसम्म अपुग हुने कृषि वैज्ञानिकहरुले तथ्याङ्कमा उल्लेख गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, सन् २०२२ अनुसार ४३ प्रतिशत बालबालिका र ३४ प्रतिशत महिलामा रक्त अल्पताको कारण ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाको उमेर अनुसार उचाई छैन, बालबालिकाको कुपोषणको सम्बन्ध महिलाको रक्त अल्पतासँग रहेकाले उनीहरुलाई यसबाट मुक्त गराउन रैथाने बालीका परिकारको उपभोग प्रभाबकारी हुन्छ ।

खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणबाट महत्वपूर्ण योगदान रहेका रैथाने बालीहरुमा कृषकहरुले सदियौं देखि लगाउँदा एंव संरक्षण गरी आएका बालीहरु खास गरी कोदो, कागुनो, जौं, फापर, चिनो, लट्टे, पिँडालु, ओखर आदि रैथाने बाली समूहभित्र पर्दछन् । नेपालको संविधानका साथसाथै नेपालका आवधिक योजनाहरु तथा कृषिसँग सम्बन्धित राष्ट्रिय कृषि नीति २०६१, कृषि विकास रणनीति २०१५ देखि २०३५, कृषि जैविक विविधता नीति २०६३ ले समेत रैथाने महत्वका बाली बस्तुहरुलाई प्रवद्र्वन गर्नका लागि जोड गरेको छ ।

उन्नत जातका बालीका बेफाइदाहरु:

बढी मूल्य:

दिगो अन्न, बाली जस्ता उन्नत जातको बाली उत्पादन गर्नु रैथाने बाली उत्पादन गर्नुभन्दा महङ्गो पर्छ । अर्को वर्षको लागि पहिलेको वर्षको बीउ राख्नुभन्दा कृषकहरू धेरै जसो उन्नत जातको बीउ महङ्गो रासायनिक मल र विषादीसहित हरेक वर्ष किन्ने गर्छन् । उन्नत जातका बालीको अरु पनि लुकेको खर्चहरू छन् । पौष्टिकताको आधारमा यी बाली न्यून हुन्छ साथै यसले वातावरणलाई पनि हानि पु¥याउँछ । उन्नत जातका बिरुवा लगाउनु भन्दा पहिले यी अरु लुकेका खर्चहरू हेर्न जरुरी हुन्छ ।

उन्नत जातका अन्न र स्वास्थ्य

उन्नत जातका अन्नका केही स्वास्थ्य असरहरू थाहा भइसकेका छन् किनभने मानिसहरू यो खाएपछि बिरामी परिरहेका छन् । अरु स्वास्थ्य असरहरू शंका गरिएको छ,तर अझै पुष्टि भएको छैन । उन्नत जातका अन्न उत्पादन गर्ने अमेरिका र अरु देशका सरकारी कार्यालयले यसको स्वास्थ्य असरको बारेमा जाँच गर्न अस्वीकार गरेका छन् । यस्ता अन्न उत्पादन गर्ने कम्पनीहरूले आफ्नो अन्नको जाँच नहोस् भनी हरसम्भव प्रयास गर्छन् । उनीहरूले उत्पादन गर्ने उन्नत जातका अन्न अरु सामान्य अन्न र खाद्यान्नसँग लेबल नगरी मिसाउने गर्छन् । यस्ता कुराहरूले उन्नत जातका अन्न खतरनाक छन् भनेर थाहा पाउन बाधा पु¥याउँछ ।

उन्नत जातका अन्नबाट स्वास्थ्यमा असर

उन्नत जातका अन्नबाट स्वास्थ्यमा के असर पुग्छ भनेर जान्न धेरै वर्षको अध्ययन जरुरी छ । वैज्ञानिकहरूले उन्नत जातका अन्नको केही सम्भाव्य स्वास्थ्य खतराको बारेमा अध्ययन गरिसकेका छन् ।

एलर्जी :
उन्नत जातका अन्नबाट बनेका खानाहरूमा पहिला कहिले नखाएको पदार्थहरू हुन्छन् । यसले गर्दा मानिसको शरीरले यस्तो खानासँग नकारात्मक प्रतिक्रिया जनाउँदछ । पहिले नै उन्नत जातका अन्नको कुन चाहिँ बस्तुले एलर्जी गर्छ भन्ने कुरा थाहा नभएर धेरै मानिसहरूमा खानाको माध्यमबाट यसको असर देखापर्छ ।

बढ्दो विषादीको खतरा :
धेरैजसो उन्नत जातका अन्नहरू ठूलो मात्रामा रसायनको प्रयोग पछि राम्ररी हुर्कन्छन् । केही उन्नत जातका बीउहरू बनाउँदा नै यसमा हुने गरी बनाइन्छ । ठिक्क सीमित मात्रामा केही रसायनको प्रयोगले कृषकलाई फाइदा हुन्छ । तर यसको अत्याधिक प्रयोगले दुबै मानिस र वातावरणलाई हानि पु¥याउँछ ।

क्यान्सर र शारीरिक अंगमा खराबीः
उन्नत जातका आलु र गोलभेंडा खाने जनावरहरूको पेटमा परिवर्तन आउँछ । जसले गर्दा क्यान्सर, मृर्गौला र अन्य अंगको खराबी र मष्तिष्कको राम्रो विकाशमा अवरोध असर पुग्छ । तर जब उन्नत जातका अन्न जाँच गरिंदैन र लेबल गरिँदैन, चिकित्सकहरूलाई मानिसमा क्यान्सर र अन्य अंगका खराबी उन्नत जातका अन्नबाट भएको हो अन्न भन्न सम्भव हुँदैन ।

एन्टिबायोटिकसको प्रतिरोध:
जेनेटिक इन्जिनियरिङ्गको फलस्वरूप केही उन्नत जातका अन्नहरूमा एन्टिबायोटिक्ससँग वंशाणु गुण हुन्छ । केही वैज्ञानिकहरू मानिसले यस्तो खाना खाएमा पेटमा भएका कीराहरूमा एन्टीबायोटिक्ससँग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरामा विश्वास गर्छन् । त्यसपछि यदि समस्याको समाधान गर्न एन्टिबायोटिक्स लिन परेमा मानिसहरूमा त्यसले काम गर्दैन ।

कुपोषणबाट हुने समस्याको उचित समाधान:
सुनौलो धान सामाजिक समस्या र गरिबी अनि कुपोषणका कारण हुने समस्याको एउटा प्राविधिक उपायको उदाहरण मात्र हो । तर यो बाहेक पनि अर्को उपायहरू छन् । ताजा फलफूल, हरियो सागपात र अरु खानामा धेरै मात्रामा भिटामिन ‘ए’ हुन्छ (यसको लागि सामान्य स्वास्थ्य पुस्तक जस्तैः जहाँ डाक्टर नभएमा अधिक जानकारी पाउन सकिन्छ) । बढ्दो रसायनको प्रयोगले हरियो तरकारीहरूलाई झारपात नियन्त्रण गर्ने विषादीको प्रयोग गर्नुभन्दा पहिले यी हरिया सागपात धानको खेत वा कृषकको बारीमा त्यत्तिकै उम्रन्थे ।

बंगलादेश जस्तो देशहरूमा, आफ्नो बच्चाहरूले उचित पौष्टिक आहार प्राप्त गरून् भनेर मानिसहरू घरमा नै करेसाबारी लगाउँछन् । हेलेन केलर इन्टरनेशनल नामक संस्थाको सहयोगमा कुपोषणका कारण हुने अन्धोपन र स्वास्थ्य समस्याबाट बँच्न मानिसहरूले ६ लाख करेसाबारी लगाए । कुनै महङ्गो प्राविधिक समाधान जस्तैः उन्नत जातको बालीतर्फ नगई पोषण र खाद्यान्न सुरक्षा सुधार्ने एउटा सजिलो उपाय हुन सक्छ, करेसाबारी ।

उन्नत जातका बालीबाट हुने वातावरणीय समस्याः
ठूला कम्पनीहरूले केही प्रकारका मात्र बीउ उत्पादन गर्ने र बेचविखन गरेमा र संसारभरका कृषकलाई त्यहीँ मात्र प्रयोग गर्न राजी गरेको खण्डमा अन्य विभिन्न बिरुवा हराएर जानेछन् र खाद्यान्न सुरक्षामा कमी आउनेछ । तर उन्नत जातकोबालीको वातावरणमा सबैभन्दा ठूलो नोक्सान भनेको जैविक विविधताको नाश भएकाले जुन स्वास्थ्य वातावरणको अति आवश्यक छ ।

प्राकृतिक कीरा नियन्त्रक गुमाउनु:

केही उन्नत जातका बालीहरूभित्र विषादी राखेर बनाइन्छ । यदि विषादीहरू ध्यान नदिई नियन्त्रित प्रयोग गरेको खण्डमा कीरा मार्नको सट्टा त्यसमा झन् प्रतिरोधात्मक क्षमता बढ्छ । जंगली जनावर र माटोको नोक्सानीः उन्नत जातको बालीमा भएको विषादीले माटोमा बस्ने उपयोगी कीरा र जीवाणुलाई मार्छ । यसले चरा, चमेरो र अन्य जनावर जसले बिरुवामा परागसेचन गराउन र कीरा इत्यादि नियन्त्रण गराउन मद्दत गर्छ, त्यसलाई मार्न सक्छ ।

नजिकैका बिरुवामा क्षतिः उन्नत जातको बालीमा भएको पराग हावाले उडाएर त्यस्तै अरु बिरुवामा लान्छ । उन्नत जातकोबिरुवा नयाँ भएकोले यसको दीर्घकालीन असर के हुन्छ भन्नेबारे कसैलाई थाहा हुँदैन । पछुताउनुभन्दा अहिले नै सुरक्षित हुनु राम्रो अफ्रिकन भनाइअनुसार,“यदि तपाईंलाई नदिको गहिराई नाप्नु छ भने पहिले एउटा खुट्टा पानीमा हाल्नुस्, यसो गर्नाले तपाईलाई बगाउने खतरा हुँदैन” । यसलाई अर्को भाषामा पूर्व सावधानी भएको काम गर्न र पूर्व साधानीयुक्त नियम पालना गर्नु बुद्धिमानी हो भन्न सकिन्छ । कुनै नयाँ आविष्कार वा सामान प्रयोग गर्नुअघि त्यो सामान सुरक्षित छ, भनेर थाहा पाउनु राम्रो हो जसले गर्दा अनावश्यक किसिमको खतराबाट जोगिन सकिन्छ । तर कम्पनी र सरकारहरू दिनदिनै उन्नत जातका बालीहरू परीक्षण गरिरहेका छन् जसले गर्दा के असर पुग्छ भन्ने कुरा थाहा नभई उनीहरूले हामीलाई नदिको गहिराई एउटा खुट्टाको सट्टा दुईवटै खुट्टाले नाप्न बाध्य बनाइरहेका छन् ।

बीउ र अन्न उन्नत जातका हुन् भनेर कसरी थाहा पाउने ?
धेरै जसो उन्नत जातका बीउहरू देख्दा, छुँदा, खाँदा र सुँघ्दा साधारण बीउ जस्तै देखिन्छन् । त्यसैले कृषकहरू यो के कस्तो हो भनेर थाहा नपाई रोप्ने गर्छन् । सबैभन्दा धेरै उन्नत जातको बाली उत्पादन गर्ने मोन्सान्टो कम्पनीले उन्नत जातको बाली नामकरण गर्न लेवल गर्दै खाने मानिस यो उन्नत जातको अन्न हो भनेर थाहा नपाओस् भन्ने प्रयास हुन्छ । वंशाणुको आकृति परीक्षण गर्नु नै उन्नत जातको अन्न हो भनेर थाहा पाउने एउटै उपाय हो । अमेरिका र युरोपमा परीक्षण सामग्री उपलब्ध छ तर महङ्गो पनि छ ।

खाद्यान्न सहयोगको रूपमा उन्नत जातको अन्न बिसर्जनः
धेरै देशहरू उन्नत जातको अन्न उतपादन गर्न र आफ्नो देशमा भित्र्याउन निषेध गर्छन् । तर यी देशहरूमा पनि उन्नत जातको अन्नले खाद्यान्न आपूर्तिमा आफ्नो बाटो बनाउँछन् । गरिब देशहरूमा उन्नत जातको अन्न बजारमा र खेतमा आउने एउटा तरीका हो खाद्यान्न सहयोग ।
जब देश अधिक भोकमरीबाट गुज्रिन्छ तब सहयोगको रूपमा उनीहरूले धान आदि संयुक्त राष्ट्रसंघ अथवा अन्य देशहरूबाट प्राप्त गछ्र्रन् । जुन देशमा उन्नत जातको धान उत्पादन हुन्छ प्रायः त्यो देशले खाद्यान्न सहयोगको रूपमा वितरण गर्छ । यसले कृषक, भोको मानिस र सरकारलाई उन्नत जातको अन्न र भोक मध्ये एउटालाई छान्न बाध्य गर्छ ।
तर कुनै बेला संकटको घडीमा पनि सरकारले आफ्नो निर्णय लिन सक्छ । उदाहरणको लागि जाम्बिया र जिम्बाब्वेलाई २००२ को जाडोमा भएको भोकमरीको बेला उन्नत जातको मकै खाद्यान्न सहयोगको रूपमा प्रस्ताव गरिएको थियो । जाम्बियाले उन्नत जातको खाद्यान्न अस्विकार गरेको थियो । यस्तो निर्णयपछि अन्तर्राष्ट्रिय दाताहरूले जाम्बियालाई अरु अफ्रिकन देशबाट जहाँ अन्न बढी उत्पादन गरिएको थियो, त्यहाँबाट किन्न पैसा अनुदान दियो । केही यूरोपियन देश जहाँ उन्नत जातको अन्न गैरकानूनी छ, त्यसले यस्तो अन्नलाई खाद्यान्न सहयोगको रूपमा प्रस्ताव गरे ।
जम्बाब्वेको सरकारले भोका मानिसबाट आउने दबाब महसुस ग¥यो । मकैलाई पिसेर रोप्न नमिल्ने र भविष्यमा हुने समस्या उत्पन्न हुन नदिने सर्तमा जिम्बाब्वेले उन्नत जातको खाद्यान्न सहयोग स्विकार गयो ।

परम्परागत बिरुवाको उत्पादन:
हरेक जीवित बस्तुको जिन्स (वंशाणु) नामक सानो भाग हुन्छ । यसले बिरुवा जनावर अथवा मानिसहरु के बन्छन् र कसरी हुर्कन्छन् भन्ने कुरा निर्धारण गर्छ ः जस्तै बीउबाट बिरुवा, अण्डाबाट चल्ला, चल्लाबाट वयष्क आदि । जब यी वंशाणुहरु विभिन्न अवस्थामा जस्तै ः तातो, चिसो, हावा, माटोको गुण आदिसँग घुलमिल हुन्छ तब मात्र यसले बिरुवा कसरी हुर्कन्छ भन्ने कुरा निर्धारण गर्छ । बिरुवाका विभिन्न गुणहरु जस्तैः रंग, आकृति हुर्कने समय, फूल र फल दिने समय वा के पौष्टिकता रहेको छ । त्यो सबै बिरुवाको वंशाणुले निर्धारण गर्दछ । जब कृषकले रोप्नको लागि मकैको ठूला बीउहरु छानेर जोगाउँद छन् । तब त्यस ठूला बीउको वंशाणु गुण वर्षौंसम्म रहिरहन्छ तर, सानो बीउको वंशाणु गुण भने हराउँछ । यसरी नै बिरुवा उत्पादनको काम हुन्छ । यो कृषकले चाहे अनुसारको बिरुवा उत्पादन गर्ने र छान्ने एउटा ढिलो प्रक्रिया हो ।

सामुदायिक बीउ संरक्षकहरू
संसारभरिका समुदाय उन्नत जातको अन्नबाट हुने असरको बारेमा सजग हुन थालेका छन् । केही मानिसहरू सरकारले उन्नत खाद्यान्नमा लेबल लगाइनु पर्छ भनेर माग राखिरहेका छन् ताकी उनीहरू त्यस्ता खाना खान र किन्न बञ्चित रहुन् । अरु मानिसहरूले उन्नत जातका बाली लगाउन अस्विकार गरे । धेरै समुदायहरू पहिलाकै परम्परागत बीउ जोगाउने शैलीमा र सामुदायिक बीउ प्रबन्धमा फर्किसकेका छन् । जब समुदायले विभिन्न प्रजातिको बीउ भविष्यमा रोप्नको लागि जोगाउँछन् र त्यसको ध्यान पूर्वक तथ्याङ्क राख्छन्, सामुदायिक बीउ प्रबन्ध मानिन्छ । यसरी समुदायले महत्वपूर्ण बीउको स्रोतलाई जोगाउँछन् र जैविक विविधताको संरक्षण गर्छन् । साथै उनीहरूले बाहिरका मानिसहरूले आफ्नो परम्परागत बीउमा हकदावी गर्न पनि रोक लगाउँछन् । धेरै थरीको अन्न रहोस् भन्नको लागि र थुप्रै प्रजातिको बिरुवाहरू लोप नहोस् भनेर विश्वस्त गर्नको लागि सरकारले राष्ट्रिय बीउ भण्डार बनाउन सक्छ र बनाउनु पनि पर्छ । खाद्यान्न सुरक्षाको लागि बीउ वितरणमा नियन्त्रण हुनु जरुरी हुन्छ ।

रैथाने बीउ समुदायको परम्परागत ज्ञानले जोगिँदै आएको छ । बीउ बैंकमा एक सिजनका लागि मात्र राखिने भएकाले दीर्घकालीन जोहो गर्न बीउ बैंकमा पठाउन उपयुक्त हुन्छ । परम्परागत ज्ञानसँग बीउ राखिने प्रचलनमा विज्ञानसमेत सीपहरु मिश्रण गर्दै जानुपर्छ । त्यसलाई प्रतिस्थापन गर्ने नभई प्रतिस्पर्धी बनाउँदा अझ राम्रो हुन्छ ।
खुमलटार स्थित राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)ले सय वर्षका लागि बीउ जोह गर्ने गरेको छ । जहाँ फलफूल, पशुपालन, माछा, कृषि, कीरा सबैलाई समेटेर संरक्षण काम गरिन्छ । बैंकमा ७७ वटै जिल्लाबाट सङ्कलित ३ सयभन्दा बढी बालीका १४ हजारभन्दा बढी रैथाने जात संरक्षित छन् ।

निष्कर्ष :बदलिँदो वातावरणीय अवस्थासँग जुध्न रैथाने जातहरु र तीनमा भएका गुणहरु जस्तै –ः सुक्खा तथा रोग, किरा सहने महत्वपूर्ण हुन्छन् । वातावरण अनुसारका जातहरु विकासका लागि पनि रैथाने कृषि जैविक विविधताको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ भने यी बालीमा भएको विविधता नेपालका लागि मात्र नभई विश्वकै लागि महत्वपूर्ण विविधतामा पर्दछ । हालसम्मको तथ्याङ्कलाई हेर्ने हो, भने यस्ता बालीहरुको प्रवद्र्वनका लागि त्यति धेरै अनुसन्धान गरिएको पाइँदैन ।

स्रोत: हिस्पेरियन स्वास्थ्य निर्देशिक, नेपाल सरकारको आधिकारीक तथ्याङ्क र विभिन्न अनलाइनको माध्यमबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *