तराईमा नेपाल प्रहरी र सशस्त्रको तस्करी लाइन

समाचार

काठमाडौं । नेपालको सीमा क्षेत्रमा तस्करी मिलेर चलाउने गरिएको छ । भन्सार छल्ने सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग लाइन मिलाएर सामान भित्र्याउने अभियान चर्केको छ । चाडपर्वको समयमा भन्सार नाकाबाट भित्र्याएर रुपन्देहीबाट आरवि इन्टरप्राइजेजबाट काठमाडौंको एपी इन्टरनेशनलको नाममा बिल काटेर पठाइएको ना ३ ख ८०३३ को ट्रक प्रहरीको फन्दामा परेको छ । डिएसपी रविन विष्टका अनुसार ट्रकमा कपडा थियो । प्रहरीले राजस्व अनुसन्धानलाई त्यो ट्रक बुझायो । अहिले सशस्त्र प्रहरीको प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशको अधिकाशं जिल्लामा सीमा तस्करहरुसँग मिलेर सामान सप्लाई हुँदैछ ।
आईजीपी राजु अर्यालले देशभर घुमुवाको रुपमा खटेका प्रहरीहरुलाई खटाएका छन् । प्रदेश १ का डिआईजी कमल गिरीले झापा, मोरङ, सुनसरीका जिल्ला इञ्चार्जहरुलाई चिनी र रासायनिक मलको तस्करी खुलाउन लगाएको भनाई छ । उनी संचार मन्त्री ज्ञानेन्द्रबादुर कार्कीको खास मान्छे भएको दाबी गछ्र्रन् भोजपुर घर भएका बासिन्दाले डीआईजी गिरीले अधिकाशं नाकामा भोजपुरे लाइनै खटाएका छन् । विराटनगर, झापा, सुनसरीका नाकाहरु पूर्वी क्षेत्रमा चर्चित छन् ।
यता प्रदेश २ मा बारा, पर्सा, रौतहट, सप्तरी, सिरहामा पनि जिल्ला इञ्चार्जहरुले केन्द्री य निर्देशनमा काम गर्ने गर्छन । त्यसैले ती जिल्लाका कमाण्डरहरुको घुमुवा आईजीपी राजु अर्यालले नै हटाइदिएका छन् । प्रदेश कमाण्डर गणेश ठाडा मगर पित्तको पत्थरी शल्यक्रिया गरेर फर्किंदा नाकाहरुबाट तस्करले प्रवेश गराएका २ ट्रक मल धादिङमा राजस्वले समात्नु प¥यो । सप्तरीका एसपी प्रदीप खड्काका घुमुवाहरु अजय साह, सञ्जीव मण्डल, मनोज चौधरीलाई हटाइएको छ । सिरहामा रमेश कुमार थापा एसपी छन् । त्यहा ठाडी र मडर नाकामा तस्करको चलखेल हुने क्षेत्र हुन् ।
सीमा क्षेत्रकै सशस्त्रले छाडेको ना ३ ख ८०३३ गत साता नारायणगढमा प्रहरील समात्यो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको तालमेलबाट रुपन्देहीबाट छुटेको ट्रक चितवन प्रहरीले भाग पाएन र सो ट्रक समातियो । तराईमा प्रहरी र सशस्त्रले लाइन खोलेपछि तस्करी जागेका छन् । घुमुवाहरु थानकोटसम्म पछि लागेर पैसा लिएर फर्कन्छन् भन्ने कुरा दुबै प्हरीका आईजीपीलाई जानकारी छैन । उनीहरुको आम्दानी त्यही हो । केन्द्रको ठेक्का त बालुवाटार र गृहले समाएकै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *