सिईओ उर्मिला र ब्रजेश झाकै कारण साल्ट ट्रेडिङ धरासायी बन्दै

राजनीति समाचार

काठमाडौं । दुईतिहाई हाराहारीको गठबन्धन सरकारले महंगी नियन्त्रण गर्न सकेको छैन । जताततै महंगीले हाहाकार भएको छ, उद्योगी, व्यापारीहरुले अखाद्य वस्तुमा मिसावट गरेर विक्रीवितरण गरिरहेका छन् । आफूखुसी मनलाग्दी सामानको भाउ तोक्ने गरेका छन् । व्यापारीहरुले मूल्यसुचि पनि राखेका छैनन् । त्यस्तै खानेतेल, चिनी र नून पनि नेपालीहरुको लागि विषादी बन्न पुगेको छ । बजारमा खाने तेल सुद्ध पाइँदैन, अखाद्य वस्तु मिसावट गरेका तेलहरु नयाँ–नयाँ नाममा छ्यापछ्यापती बजारमा पाइन्छ । त्यसमा मूल्य फरक–फरक राखिएको पाइन्छ । घिउमा पनि मिसावट गरेर जनस्वास्थ्यमाथि खेलवाड गराउने काम भइरहेको छ ।

उता साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा खाद्यान्नलगायत आयोयुक्त नूल, मल उपलब्ध गराउँदै आएको भनिए तापनि सिईओ उर्मिला श्रेष्ठ र विभागीय प्रवन्धक ब्रजेश कुमार झाको मिलेमतोमा कर्पोरेशनलाई धरासायी बनाउने काम भइरहेको छ । सिईओ श्रेष्ठ र विभागीय प्रवन्धक झाको कारण कर्पोशनभित्र विकृति र विसंगति बड्दै गएको छ । सर्वसाधरणहरु झालाई भेट्न जाँदा पनि गेटमै बिन्तीपत्र चढाउनुपर्ने हुन्छ । गेटमा बिन्तीपत्र चढाइसकेपछि भेट्न जानेहरुलाई सिसी क्यामेराबाट चियाउने र गेटबाटै फर्काउने काम गर्दै आएको सर्वसाधारणको भनाइ छ । उता, सीइओ श्रेष्ठले साल्ट ट्रेडिङको नाममा रहेको करोडौँको सम्पत्ति हात पारेर सरकारी सम्पत्तिको मालिक बन्ने दाउपेच रचिरहेकी छिन् । कुनै समय साल्ट ट्रेडिङको शेयर १ सयबाट बढेर १४ हजारसम्म पुगेको थियो ।

।साल्ट ट्रेडिङ र लक्ष्मी गु्रपको मिलेमतोमा १ सयको शेयरलाई हजारौं बराबरको बनाइएको थियो । शेयर खरिद बिक्रीमा सर्वसाधारणको पहुँच नपुगोस् भन्ने उद्देश्यले यस्तो गरेको हुनुपर्छ । साल्ट ट्रेडिङले २०३५ सालदेखि २०३८ सालसम्म नून कोष खडा गर्न ४ करोड ४ लाख उठाएको थियो । त्यसरी उठाएको रकमले साल्ट ट्रेडिङले जग्गा किनेको थियो । त्यसरी किनेको जग्गाको मूल्य २ अर्वभन्दा माथि पुगेको बताइन्छ । साल्ट ट्रेडिङले सरकारलाई जग्गाको सट्टा त्यसबेलाको मूल्य अनुसारको पैसा दिने बताउँदै आएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको स्वामित्व २२ प्रतिशत मात्रै रहेको छ । ट्रेडिङलाई नियमन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हो ।

तर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले साल्ट ट्रेडिङभित्र हुने गरेका विकृति, विसंगतिप्रति ध्यान दिएको पाइँदैन । बरु उल्टै मन्त्रालयका कर्मचारी र कर्पोरेशनकी सिईओ श्रेष्ठको मिलेमतोमा कमाउधन्दा चलाउने गरिएको समाचार स्रोतको दावी छ ।सर्वसाधारणको उपभोग्य सामग्रीको कारोवार गर्ने साल्ट ट्रेडिङ कपोरेशनलाई सरकारले नियमन नगर्दा सर्वसाधारणले पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् । कर्पोरेशनले आयोडिनयुक्त नून र अन्य दैनिक उपभोग्य वस्तुहरुको विक्रीवितरण गर्दै आएको छ । त्यस्तै अनुदानिक र गैर अनुदानिक मलको आपूर्ति पनि गर्दै आएको छ । कर्पोरेसनले मलको आपूर्ति गर्दै आए तापनि किसानहरुले समयमा मल पाउन सकेका छैनन् ।

कर्पोरेशनमा उर्मिला श्रेष्ठ लामो सयमदेखि सिईओ बन्दै आएकी छिन् । साल्ट टे«डिङ कर्पोरेशनले विक्रीवितरण गर्दै आएको खाद्यान्न र आयोडिनयुक्त नून वर्षौंदेखि भण्डारण गरेर थुपारेको पाइन्छ । कयौं वर्षेदेखि थुपारेर राखेको आयोडिनयुक्त नूनले मानिसहरुलाई विभिन्न घातक रोग लाग्ने गरेको उपभोक्ताको गुनासो छ । साल्ट ट्रेडिङको लापरवाहीले गर्दा उपभोक्ताहरु अयोाडिनयुक्त धुलो नुन खान छाडेर पहिलाकै ढिके नुन खान थालेका छन् । ढिकेसँगै सिरे नुन पनि प्रयोग गर्न थालेका छन् ।

आयोडिनयुक्त धुलो नून बिनाप्रशोधन सिधै समुद्राबाट उठाएर ल्याउने गरेको (स्रोतको भनाइ छ । नेपालीहरुको धर्म, संस्कृति अनुसार विभिन्न धार्मिक कार्यक्रमदेखि तिथि, श्राद्धमा समेत आयोडिनयुक्त धुलो नून नचल्ने बताइन्छ । त्यसकारण पनि पहिलादेखि चल्दै आएको ढिके नून उपयृुक्त हुने बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *