कांग्रेसभित्र धर्मनिरपेक्षता र सापेक्षताको लडाईँ

राजनीति समाचार

आज इतरपक्षको नयाँ पार्टी दर्ता हुने सम्भावना
काठमाडौं । नेपाली कांग्रेस दुई फ्याक हुने पक्कापकी जस्तै भएको छ । संस्थापन पक्षले पार्टी एकढिक्का बनाउन कुनै पहल नगरेपछि इतरपक्ष नेताहरुले दुईमहिना अगाडिदेखि छैट्टै सम्पर्क कार्यालय खडा गरी समानान्तर गतिविधि गर्दै आएका छन् । इतरपक्षले वीपी स्मृति दिवसको अवसर पारेर आज साउन ६ गते राष्ट्रिय भेला बोलाउने भएको थियो । त्यो राष्ट्रिय कार्यकर्ता भेलालाई साउनको अन्तिम सारिएको छ । राष्ट्रिय कार्यकर्ता भेला साउनको अन्तिम साता बोलाउने भनिए तापनि वीपी स्मृति दिवसमा भने दुवै पक्षले समानन्तर कार्यक्रम गर्ने भएका छन् ।

सम्भवतः आज वीपी स्मृति दिवसको अवरमा कांग्रेस इतरपक्ष नेताहरुले नयाँ पार्टी दर्ता गर्ने सम्भावना त्यत्तिकै छ । पश्चिमाहरुले धर्मनिरपेक्षताको पक्षधर कांग्रेस सभापति गगन थापालाई साथ दिएका छन् भने दुई छिमेकी मुलुक भारत र चीनले गणतन्त्र राखेर धर्मसापेक्षताको पक्षमा इतरपर्छ नेताहरुलाई साथ दिने भएका छन् । नेपालमा गणतन्त्र हटाएर पार्टीलाई व्यक्तिमा केन्द्रित गर्ने रणनीति पश्चिमा मुलुकहरुको छ भने दुई छिमेकी मुलुक भारत र चीनले भने गणतन्त्रसहितको धर्मसापेक्षतामा शेरबहादुर देउवा र डा. शेखर कोइरालालाई एउटै मञ्चमा मिलाउने खेलोफड्को गरिरहेका छन् ।

चीन र भारतले देउवा र कोइरालालाई मिलाउन सकेको खण्डमा नेपालमा पश्चिमाहरुको प्रभाव कम हुने आँकलन गरेको छ । त्यसले गर्दा नेपालमा गणतन्त्र पनि रहने र धर्मसापेक्षता कायम हुने दुई छिमेकी मुलुकको रणनीति रहेको छ । नेपालमा चीन र भारतको रणनीति कमजोर बनाउन दलाई लामाको जन्मजयन्ती मनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएपछि बालाजुको एक स्थानमा भव्यरुपमा जन्मोत्सव मनाइएको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । अमेरिकाले एसपीपी पास गराउनको लागि पनि कांग्रेस र एमालेको सरकारलाई विफल बनाएर रास्वपालाई अगाडि बढाएको थियो ।

अहिले अमेरिकाको रणनीति कांग्रेस सभापति गगन थापालाई प्रयोग गरेर रास्वपामार्फत् नेपालमा एसपीपी पास गराउने रणनीति रहेको छ । त्यसले गर्दा पनि कांग्रेस दुई फ्याक हुने पक्कापक्की जस्तै भएको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन पनि देउवा पक्षले सार्न खोजेको थियो भने गगन थापा पक्षले जसरी पनि निर्वाचनमा जानुपर्ने अडान लिएको थियो । त्यहीं विवादका कारण तुरुन्तै विशेष महाधिवेशनको हवाला दिएर रातारात थापाले पार्टी कब्जा गरेका थिए । कांग्रेस पार्टीको चिन्ह चारतारा र चुनाव चिन्ह रुख पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले पश्चिमाको जोडबलमा थापालाई उपब्ध गराएको स्रोतले उल्लेख गरेको छ । त्यसैले गर्दा पनि कांग्रेस एकढिक्का नहुने देखिएको छ ।

कांग्रेस इतर पक्षसँग सहमतिको प्रयास समाप्त भएपछि संस्थापन पक्षले वीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर आज र भोलि जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने भएको छ । सो जनचेतनामूलक कार्यक्रम वीपी स्मृति भवन सानेपामा हुने कांग्रेसले जनाएको छ । सो अवसरमा साउन ६ गते जलवायु परिवर्तनबारे जनचेतना जगाउन यूएन पार्कबाट सानेपासम्म ५ किलोमिटरको ‘ग्रिन रन’ दौड कार्यक्रम आयोजना गरिने भएको छ । संस्थापन पक्षले यस्ता विविध जनचेतनामूलक कार्यक्रम गरेर वीपी स्मृति दिवास बनाइरहेको छ । उता, काग्रेस इतरपक्षले आज कमलादीस्थित प्रज्ञा भवनमा छुट्टै ४४ औं वीपी स्मृति दिवस बनाउने भएको छ । सो वीपी स्मृति दिवसको अवसरमा आगामी राष्ट्रिय भेलाको मिति, स्थान र समय औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *