काठमाडौं । पोखराका लागि काठमाडौंबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेको आठ महिनापछि सौर्य एयरलायन्सले परीक्षण उडानको अनुमति पाएको छ ।
दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणद्वारा बन्द गरिएको आन्तरिक वायुसेवा कम्पनीले आठ महिनापछि अनुमति दिएको हो । ‘अल्फा नोभेम्बर माइक’ रजिस्ट्रेसन नम्बर भएको सौर्यको सीआरजेले शुक्रबार काठमाडौं वरिपरिको आकाशमा परीक्षण उडान गर्न लागेको हो। यो विमानलाई काठमाडौंमाथिको आकाश बाहिर जान अनुमति दिइएको छैन ।
लामो समयसम्म बन्द भएको वायुसेवा कम्पनी तथा वायुयानलाई पुनःसञ्चालनमा ल्याउनुअघि ‘सर्टिफिकेट अफ एयरओर्दिनेस’ गर्नुपर्ने नियम छ । कम्पनी उडानका लागि सुरक्षित रहेको तथा आवश्यक सबै प्राविधिक मापदण्डहरु पूरा गरेको जनाउँदै प्राधिकरणमा बुधबार निवेदन बुझाएका थिए ।