चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली भ्रमणमा निस्कँदै

विविध समाचार

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्।

अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरूमा भ्रमण गर्न लागेका हुन् । ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा रहनेछन्। भ्रमणको सुरूवात १४ अप्रिलमा भियतनामबाट हुनेछ, त्यसपछि उनी मलेसिया र कम्बोडिया जाने कार्यक्रम रहेको छ।

पछिल्लो समय अमेरिका र चीनबीच भन्सार शुल्क युद्ध चर्किएको छ। अमेरिकाले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाएको छ भने चीनले जवाफी रूपमा अमेरिकामाथि ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

चीनले अमेरिकाको जबरजस्तीका अगाडि नझुक्ने तर, अन्तिम क्षणसम्म लड्ने उद्घोष गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *