सीआईबीमा ज्ञवाली गएपछि कांग्रेस थर्कमान

राजनीति समाचार

काठमाडौं । चर्का कुरा गर्ने तर अपराध आफै गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय कसरी हाँक्छन् ? उनले प्रहरीलाई फेरी पनि राजनीतिक दबाबबाट टाढा राख्ने भनेका छन् । तर गृहअन्तर्गतको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धानले रविकै विरुद्ध सहकारीको ठगी सम्बन्धी छानबिन गर्दै थियो । त्यहाँ श्याम ज्ञवाली गएका छन् ।

सहकारीको विषयसँग जोडिनुमा ग्यालेक्सी टेलिभिजन हो । जहाँ जेबी राई र रविको टिम थियो । नक्कली भुटानी शरणार्थी ठगीको दोस्रो फेज छानबिनमा पर्दैन । किनकि त्यहाँ ओलीका पिए, बादलकी पत्नी, देउवा र खाँडकी पत्नीहरु छन् । गृहले गर्ने काम धेरै छन् । ती धेरैमा प्रहरीको काबुभित्रका अपराधको अनुसन्धान हुन्न, जहाँ हस्तक्षेप कांग्रेसको हुन्छ । अदालतमा कांग्रेसकै न्यायाधीश छन् । आफ्ना पार्टीका अपराधी छुटाउँछन् । नारायणकाजी श्रेष्ठलाई गृह नै दिएको भए हुन्थ्यो, तर रवि गृहमै मरिहत्ते गरे । किनकी रविका अपराध गृहबाट छानबिन गर्नुपर्छ ।

प्रहरीले त्यसको छानबिन गर्ने हो । प्रहरीले कांग्रेसी हैकम र राजनीतिक दबाब सहेर हस्तक्षेप सहेको छ । अहिले प्रहरीको सरुवा बढुवामा दलहरुभन्दा आईजीपी बसन्त कुँवरका दाजु बाबुराम कुँवरको घरतिर भिडभाड हुने गरेको छ । कुँवर कहाँ भिड बढ्नु भनेको कांग्रेसी चहलपहल हो । कुँवर राष्ट्रपति रामचन्द्रका कानूनी सल्लाहकार हुन् । कुनै बेला कांग्रेसी कोटामा महान्यायाधिवक्ता र गण्डकी प्रदेश प्रमुखसम्म भएका बाबुराम कुँवर र बसन्त कुँवर दाजु भाइ नै हुन् । एसएसपी हुँदासम्म आठ नम्बरका बसन्तलाई डिआईजी हुँदा पहिलो बनाउन सामदाम भिडाउने दाजु भएकाले सजिलै भयो । अहिले आईजीपीले रविको भन्दा कांग्रेसकै आदेश मान्छन् ।

कांग्रेसले नै सरुवा बढुवामा चासो लिन्छ । डा.आरजुका फ्यान प्रहरीमा धेरै छन्, जो बद्नाम पनि थिए । गृहमन्त्री रवि लामिछाने आफैले अपराध गर्दा त्यस्ता केशमा अरुलाई कारबाही गर्न कठिन छ । किनकी उनको दम्भलाई ठाउँको ठाउा प्रतिवाद गर्न कांग्रेसका गगन सक्दैनन् । चुनावमा काठमाडौं ४ बाट रास्वपाले उम्मेद्वार उठाएन । त्यो गुन गगनले तिर्नुपर्छ । उनले कांग्रेसी भ्रष्टहरुलाई संरक्षण गरेका छन् । तर उनीहरु ज्ञवालीसँग तर्सेका छन् । ज्ञवालीलाई हटाएर उपत्यका प्रहरीमा दीपक थापा ल्याइनुको कारण नक्कली भुटानी प्करण छानबिन रोक्नु हो । त्यहाँ एमाले अध्यक्ष केपीको पिए पनि जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *