त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

विविध समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।

अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको छ । अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *