काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अर्थमन्त्रीको अनुपस्थितिमा आर्थिक बर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल आज सकिदैछ र आजै अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची समेत रहेको छ ।