समानुपातिकमा दोहोरिन नपाउने भएपछि राजनीतिक पार्टीभित्र हल्लीखल्ली

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक दलभित्र विभिन्न टिकाटिप्पणी शुरु भएको छ । खासगरी राजनीतिक दलहरुले समानुपातिकतर्पmबाट एकचोटी सांसद बनिसकेकालाई नदोहो¥याउने भनेपछि राजनीतिक पार्टीभित्र हल्लीखल्ली मच्चिएको छ । के समानुपातिक सिटमा यो नियम लागु होला त ? यस्तै अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि समानुपातिक सांसदलाई नदोहो¥याउने भनेपछि पार्टीभित्र विभिन्न नेताहरुले टिकटिप्पणी गर्न थालेका छन् ।

राजनीतिक पार्टीलाई ठूला व्यापारीले पैसा दिएर समानुपातिक बन्ने सांसदहरु अब के गर्दछन् त ? राजनीतिक पार्टीले विभिन्न व्यापारीसँग चुनाव खर्चका रुपमा रकम असुल्दै आएका थिए । र, राजनीतिक पार्टीले अब व्यापारीसँग चन्दा उठाउँदैनन् या सांसद नै बनाउँदैनन् । राजनीतिक पार्टीलाई चुनाव खर्च व्यापारीले नै दिने हुन् । चुनाव खर्च दिएपछि व्यापारी समानुपातिक सांसद बन्ने र आफ्नो व्यापार व्यवसायलाई हित हुने कानुन बनाउने र सर्वसाधारण जनताको लागि केही नगर्ने परिपाटी राजनीतिभित्र चल्ने गरेको थियो ।

राजनीतिक दलहरुले पनि ती व्यापारीहरुलाई समानुपातिक सांसद् बनाउँदै आएका थिए । यस्तै विश्वका धनी सुचीमा परेजस्तै नेपालमा विनोद चौधरी पनि एक धनी व्यापारीमा गनिन्छन् । उनले नेपालमा व्यापार गरी विदेशी बैंकमा पैसा थन्क्याउँदै आएका छन् । चौधरीले विभिन्न राजनीतिक दललाई चन्दा दिएर समानुपातिक सांसद् बन्दै पनि आएका छन् । अब आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा विनोद चौधरी जस्ता व्यापारीलाई समानुपातिक सांसद बनाउँछन् बनाउँदैनन् यो भने हेर्न बाँकी छ ।

तर, अहिले राजनीतिक पार्टीभित्र पुराना भइसकेका नेताहरु सधैंभरी सांसद बनिरहने र मन्त्री बन्न रहर गर्ने नेताहरुले के समानुपातिक सांसद नबनी बस्न सक्छन् ? यी र यस्ता कुराहरुले राजनीतिक पार्टीभित्रै एकअर्कोमाथि घातअन्तर्घात गरेर चुनाव बिथोल्न सक्ने अवस्था देखिन्छ । पुराना नेताहरु सत्तरी वर्ष नाघिसकेका नेताहरुसमेत पदको मरिहत्ते गर्दछन् भने उमेर भएका नेता, कार्यकर्ता चुप लागेर बस्लान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *