जग्गा हाल साविक गर्न कर्मचारी र विचौलियाको मिलेमतो

समाचार

काठमाडौं । संघीय, स्थानीय सरकार र प्रदेश सरकारले जता गयो उतै करको भार बढाएका छन् । सरकारले मन लाग्दी कर असुलेको छ सबैभन्दा बढी कर मालपोत कार्यालयले असुलेको छ । मालपोत कार्यालयमा अत्याधिक बढी कर तिर्नुपरेको गुनासो आउन थालेको छ । पहिलापहिला जग्गा पास गर्दा मात्र राजस्व बुझाउनुपर्ने थियो । अहिले जग्गा बेच्दा, नामसारी गर्दा, दृष्टि बन्धक पास गर्दादेखि यावत कुरामा कर तिर्नुपर्ने भएको छ । खासगरी अंश बण्डा जस्तो काममा पनि सरकारले कर असुलेको छ । सरकारले बढी मात्रामा कर मालपोत कार्यालय र सवारी साधनबाट उठाउने गरेको छ । सरकारले सर्वसाधारण जनतालाई थजाभावी कर लगाएपछि जनता मारमा परेका छन् । जनताले कर मात्र तिनेका छन् । विकासको काम हुन सकेको छैन । सरकारले चाहिँदो नचाहिँदो कर असुली गरेको छ । जनताले कर तिरेबापत सेवा, सुविधा पाउन सकेका छैनन् । कर तिरेबबापत जनताले सेवा पाउनुको सट्टा उल्टो सजाय पाउँछन् । अहिले अधिकाशं ठाउँका जग्गा हराउन थालेका छन् । किन कि कतिपय व्यक्तिले जग्गा किनेर राख्ने गरेका छन् र सो जग्गा कतिपय ठाउँमा नापी भएको छैन । नापी भएपनि हालसावी भएको छैन । नापी भएपनि जग्गा विचौलिया, नापी कार्यालयका कर्मचारी र मालपोतका कर्मचारीको मिलेमतोमा विचौलिया मिलाएर खाइ दिने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसकारण कतिपय व्यक्तिले आफ्नो सम्पत्तिबाट बञ्चित हुनुपरेको छ । त्यसको उदाहरणको लागि कृषि विकास बैंकमा कार्यरत एक मार्केटिङ शाखामा कार्यरत कर्मचारीको जग्गा मालपोतका कर्मचारी, नापी कार्यालयका कर्मचारी र विचौलिया मिलेर हालसाविकक गरी खान लागेको थाहा पाएपछि हारगुहार गरी आफ्नो जग्गा हात पार्न सफल भएकी छन् । यो त एउटा उदाहरण मात्र हो । काठमाडौं उपत्यकाभित्र जग्गा किनेर छाड्ने प्रचलन रहे तापनि कतिपय जग्गा विचौलियादेखि कर्मचारीको मिलेमतोमा हालसाविक गरी खाइदिने गरेका छन् । अहिले अधिकांश मालपोतमा आफ्नो जग्गाको कित्ता नम्बर र क्षेत्रफलमा नक्सा मिलाएर जग्गा कायम गरिपाउँ भनेर मालपोत कार्यालयमा जानेको भिड लाग्न थालेको बताइन्छ । अहिले मालपोतमा जग्गा किनबेचदेखि हालसाविक दृष्टिबन्धकको कामसमेत घटेको एक भुक्तभोगीले बताएका छन् । मालपोत र नापीमा अहिले जग्गाको कारोबार नभएपछि विचौलिलयाहरु छटपटाएका छन् । कतिपय व्यक्तिले भक्तपुर, ललितपुर, काठमाडौंलगायत उपत्यकामा जंगा किनेर राखेको भएपनि वास्तविक जग्गा धनी नभएर विचौलिया बनेर जग्गाको हालसाविक गरेर खाइदिने गरेका छन् । हालसाविक हुने कार्यालय भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार, चाबहिल, साँखुजस्ता नापीका कर्मचारी, लेखान्दास र मालपोतका कर्मचारी र जग्गा विचौलियाको विगविगी भएको छ । यस्ता सम्वेदनशील विषयमा राज्य चनोखो नभएमा अधिकांश जनता घरबार बिहीन हुने स्थितिमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *