काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय विगत लामो समयदेखि विवादमा पर्दै आएको छ । नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाउने नाममा हुने गरेका ठगीका विभिन्न घटनाले गर्दा मन्त्री र सचिवहरु विवादमा तानिने गर्दछन् । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा मन्त्री र सचिवहरुको छुट्टाछुट्टै सेटिङ हुने गर्दछ । मन्त्रालयभित्रको यस्तो क्रियाकलापले गर्दा सर्वसाधारण नेपालीहरु ठगीमा पर्ने गरेका छन् ।
श्रममन्त्रालयमा मन्त्री र सचिवको टसलले गर्दा वैदेशिक रोजगार विभागमासमेत सेटिङ चलिरहेको छ । सचिवको निर्देशनअनुसार वैदेशक रोजगार विभागका महानिर्देशक कमल भट्टराई चल्ने गरेका छन् । उनै सचिवसँगै मिलेमतोमा उठ्तीपुठ्ती धन्दासँगै विभिन्न फन्डा मच्चाइरहेका छन् । भट्टराईले म्यानपावर नविकरण गर्दा डिजिटल खुल्ने गरी कोर्ड नम्बर खुलाउनुपर्ने, वैदेशिक रोजगार ऐन २०६४ अनुसार नियमावली ऐन लागु गर्नुपर्ने जस्ता फन्डा मच्चाएर असुलीधन्दा चलाइरहेका छन् । कतिपय म्यानपावर कम्पनीहरुले भिजिट भिसा र वर्किङ भिसामा नेपालीहरुलाई बाहिर पठाउन नमिलेका कागजात मिलाएर डकुमेन्ट पुरा गर्ने नाममा करोडौं उठाउन सफल भएको बताइन्छ ।
पहिला मन्त्रीहरुले जति उठाउँथे अहिले सचिव र मन्त्रीको टसलले गर्दा अहिले मन्त्री भण्डारी उठ्तीधन्दामा चुकेका छन् । श्रम सचिव पुष्करहरि कर्णले आफ्नै सम्पत्ति जस्तै गरेर वैदेशिक रोजगार विभागका इलोक्ट्रोनिक गाडी र मन्त्रालयका अन्य गाडीहरु आफ्नो निजी स्वार्थको लागि आफन्तलाई प्रयोग गर्न दिएका छन् । अर्कोतर्फ कतिपय म्यानपावर कम्पनीका सञ्चालकहरुलाई मन्त्रालयमै बोलाएर असुलीधन्दा चलाएका छन् । केही म्यानपावरका सञ्चालकहरुलाई फोन गरेर मन्त्रालयमा तपाईँविरुद्ध उजुरी परेको छ । त्यसको बोदार्थ अख्तियारमा बुझाउन थालेको के हो कुरा भन्दै तर्साएर असुली धन्दा चलाएको उच्च स्रोतले बताएको छ । सचिव र महानिर्देशक भट्टराईको एउटा सेटिङ चलिरहेको छ भने मन्त्री भण्डारीको पनि छुट्टै सेटिङ छ ।
तर, मन्त्री भण्डारीको सेटिङ कमजोर छ भने भट्टराईको सेटिङ बलियो छ । किन कि महानिर्देशक भट्टराई ‘देश खाइ शेष’ भएका कर्मचारी हुन् । उनी विभिन्न देशको राजदूतसँगै नेपाल सरकारका विभिन्न मालदार अड्डा चहार्दै वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न पुगेका हुन् । महानिर्देशक भट्टराईको बारेमा केही हप्ता अगाडि तामाकोशी सन्देशले समाचार सम्प्रेषण गरिसेको छ । उता, मन्त्री भण्डारी र सचिव कर्णको द्वन्द्वले मन्त्रालय नै बद्नाम हुन पुगेको एक कर्मचारीले नाम नबताउने शर्तमा उल्लेख गरेका छन् ।

