काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि कार्य योजना बनाउन मन्त्रिपरिषद्ले तीन जना सचिवको कार्यदल बनाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा प्रतिवेदन कार्यान्वयनका लागि तिथि–मिति सहितको कार्य योजना बनाउन कार्यदल बनाउने निर्णय भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका हुन् ।
पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले गत शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भारतसँगको विनिमय दरमा पुनरावलोकन गर्नुपर्नेदेखि नेपालीलाई विदेशमा लगानी खुला गर्नुपर्नेसम्मका सुझावसहित विभिन्न प्रस्तावहरू रहेका छन्।