काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाका दिन एकै दिन ९ सय ७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् ।
महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कको हिसाबले माघ २१ गते सरस्वती पूजाका दिन ५ सय ३२ जना छात्रा छन् भने ४ सय ३९ जना छात्र भर्ना भएको उल्लेख गरिएको हो । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यी मध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) रहेका छन् ।
प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँगको स्कुल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो । यसअन्तर्गत विद्यार्थीहरूको सङ्ख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाउनुको साथै शिक्षकहरुलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको समेत महानगरले जनाएके छ ।