पाठेघरको मुखको क्यान्सरविरुद्वको निःशुल्क खोप अभियान आजदेखि शुरु

देश/विदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी देशभर पाठेघरको मुखको क्यान्सरविरुद्वको निःशुल्क एचपीभी खोप अभियान शुरु गरेका छन् ।

आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक यो अभियान सञ्चालन भएको हो । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य रहेको छ ।

खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । नेपालमा पछिल्लो समय महिलाहरुमा क्यान्सरको जोखिम मध्ये पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च रहेको विशेष गरी पिछडिएको क्षेत्रमा यसको प्रभाव बढी र यसबारे स्वास्थ्य चेतना नदेखिएकोले यसको नियन्त्रण र न्युनीकरण गर्नका लागि देशैभर एचपीभी खोपको अभियान सरकारले सञ्चालन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *