काठमाडौं । विगतमा कृष्ण सिटौला स्व.सुवास नेम्वाङ, देव गुरुङजस्ता डलरेहरुले नेपालको संविधानमा धर्म निरपेक्ष राज्य बनाउँदा छाँगाबाट खसेका स्व. गिरिजा कोइरालाले विश्वासघात भयो भनेकै थिए । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले आफ्नो विगतको कालो दाग हटाउन पनि हिन्दु धर्मको आड लिँदा लिँदै प्राण त्यागे । हो, तिनै खड्काको चेला बनेर कांग्रेसलाई क्रिश्चियनबाट मुक्त गर्न हिन्दु राज्यको वकालत गरेका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको योजनामा सातै प्रदेशमा पार्टीका भावी रणनीतिका बारेमा बृहत छलफल गरी सभापति समक्ष प्रतिवेदन बुझाउँदा सिटौलाहरू दङ्ग परेका थिए ।
सांसद भण्डारीले महासमिति बैठकमा सहभागी प्रतिनिधिहरूको टिमबाट ८२५ भन्दा बढीले हस्ताक्षर गराई सभापति समक्ष पेश भएको ज्ञापनपत्र पार्टीको सभापति बन्न पाएन । तर यसपटक क्रिश्चियनले घर घरमा द्वन्द सिर्जना गरेकै छ । कांग्रेसकै कोइराला वंशका डा. शेखर र डा शशांकले पार्टीको दस्तावेजमा धर्म सापेक्ष राज्य बनाउन जोड दिनु नै शंकर भण्डारीको लागि उपलब्धि हो ।
भण्डारीकै पहलमा पार्टीको १५औं महाधिवेशन समयमा गराउनु पश्चिमा शक्ति बढ्दो छ । ऊर्जामन्त्री आफंै विवादमा फसेका छन् । कांग्रेस भित्रैबाट सरकारको चर्को विरोध छ । पार्टीलाई बदनाम बनाएर पनि ठेक्का लगाउने जिपीए दिने जस्ता काममा हुने लुटले सरकारी व्यवहार र भ्रष्टचार छर्लङ्गै छ । हिन्दुत्वको बारेमा राप्रपा भित्रबाट प्रयास हुन सक्छ भने राप्रपाको दम्भ र घमण्ड पनि घटेको देखिन्छ । राप्रपालाई हिन्दू धर्मको कुरामा उचालेर र कांग्रेसका युवाहरूले उपलब्धिपूर्ण राजनीति गर्लान् र पार्टीको जन–लहर बचाउलान् भन्न सकिँदैन ।