काठमाडौं । अमेरिकी संसद्को विदेश मामिलासम्बन्धी समितिका सभापति ब्रायन मास्तले अमेरिकी सहायताको दुरुपयोग नेपालमा भैरहेको बताएका छन् ।
अमेरिकी पत्रकारहरुसँग कुराकानीको सन्दर्भमा उनले अमेरिकाले विभिन्न देशलाई यूएसएआईडी मार्फत उपलब्ध गराउँदै आएको सहायताको दुरुपयोग नेपालमा पनि भैरहेको बताएका हुन् । मास्टले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नास्तिकता फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गर्दै ट्रम्पको आदेशमार्फत सहायता समीक्षाका लागि तीन महिना बन्द गर्ने निर्णयले विश्वभर हलचल मचाएको छ । विश्वभर यूएसएआईडीले उपलब्ध गराउँदै आएका सहायता रोकिएका छन् । यसबाट नेपाल पनि प्रभावित भएको छ ।
पछिल्ला वर्षहरूमा यूएसएआईडीले नेपाललाई वार्षिक औसतमा एक सय २५ मिलियन अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउँदै आएको थियो । यो सहयोग रोकिँदा यूएसआईडी र यूएसएआईडीको सहायता लिई नेपालमा विकास कार्यक्रम चलाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) प्रभावित भएका छन् ।
उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनमा ५० हजार अमेकिरी डलर, पेरूमा एलजीबीटीक्यू सम्बन्धमा ४७ हजार अमेरिकी डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार अमेरिकी डलर खर्च भएको उदाहरण पनि प्रस्तुत गरेका छन् ।