काठमाडौं । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक विवरण वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आर्थिक वर्षको आयव्ययसहित कम्पनीको पछिल्लो विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रहेकोले अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।
टेलिकमको ग्राहक संख्या दुई करोड १२ लाख ४२ हजार बढी रहेकोले जीएसएमतर्फ दुई करोड सात लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने तीन लाख ८० हजार रहेको टेलिकमले जनाएको छ चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ ।