सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्व मुद्दा दर्ता

देश/विदेश राजनीति समाचार

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको हो । चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्य तथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा पठाएको फाइलमा लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिलसमक्ष लामिछानेले दिएको बयानमा गोर्खा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै कार्यमा आफ्नो संलग्नता र सहभागिता नरहेको उल्लेख गर्दै साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको अनियमितता प्रकरणमा आफ्नो हात नरहेको बयान दिएका छन् । यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ ला र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *