काठमाडौं । सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।
मंगलबार सेयर १४ अंकले घट्दा २ हजार ७ सय ३३ बिन्दुबाट सुरु भएको बजारको परिसूचक २ हजार ७ सय १६ बिन्दुमा पुगेको हो । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्दा एक सय ७२ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालय ऊर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।